Techie IT
  • ११ माघ २०८२, आईतबार
Hetauda Khabar
  • ११ माघ २०८२, आईतबार

हेटौंडामा मानव ओसारपसार धन्दा- जापान बसेरै पढाउनेदेखि उडाउने सम्मको काम, (अडियोसहित)

छोरो जापान, बा-आमाले चलाउछन् कन्सल्टेन्सी, परामर्श घरमै भिडिओ कलमा


हेटौंडामा उच्च शिक्षाका नाममा कन्सल्टेन्सी खोलेर कसरी मानव ओसारपसारको धन्दा चल्ने गरेको छ, आज एक उदाहरण पेश गर्दैछौं।

ADVERTISEMENT

प्रदेश राजधानी हेटौडा बजारमा घरै पिछे छ्यापछ्याप्ती कन्सल्टेन्सी खुलेका छन्। कतिपय दर्ता छन् भने अधिकांश दर्ता प्रक्रियामै गएका छैनन्। कतिपयले मेनपावरसम्मको काम गर्ने गर्छन्।

ADVERTISEMENT

उच्च शिक्षा अध्ययन गर्नदेखि कामदार लैजानेसम्मको काम यहाँका कन्सल्टेन्सीहरूले गर्ने गरेका छन्। कुनै पनि सरकारी निकायमा दर्ताबिनै विभिन्न परामर्शका काम भाषा शिक्षा तथा पूर्व तयारी कक्षाहरू निर्वाद चल्ने गरेका छन्। तर नियामक निकायले पनि कुनै निगरानी गरेको छैन । जसले गर्दा शिक्षाका नाममा ठगीधन्दा गर्ने र मानव तस्करी गर्ने गिरोह हेटौडा बजारमा मौलाएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले निर्देशिका बनाएर केही कन्सन्टेन्सीहरुलाई दर्ता भने गरेको छ। तर आफ्नै मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेको सामाजिक विकास मन्त्रालयले नियमन र कारबाहीको प्रक्रियाको कुरा त परैको भयो। सम्बन्धित स्थानीय प्रशासन सँग समन्वय गरी अनुगमनसम्म गर्ने गरेको छैन।

ADVERTISEMENT

यस्ता कन्सल्टेन्सीहरू हेटौडामा सयौंका सङ्ख्यामा छन्। तर अधिकांशले विद्यार्थीहरूलाई भ्रममा पारी चर्को शुल्क उठाई फसाउने गरेका छन्। कलिला विद्यार्थीहरू कन्सल्टेन्सी कै प्रलोभनमा परि ठगीधन्दामा फस्ने गरेका छन्। विभिन्न देशका भाषा कक्षा, पूर्व तयारी कक्षा, ट्युसन तथा कोचिङ एवं सम्पूर्ण अतिरिक्त कक्षाहरू सञ्चालन गर्ने इन्स्टिच्युट तथा  कन्सल्टेन्सीहरू सामाजिक विकास मन्त्रालयमा अनिवार्य दर्ता हुनुपर्ने प्रावधान रहेको छ। तर सरकारी निकायलाई नै आँखा छलेर यहाँका यस्ता संस्थाहरुले गैरकानुनी काम गरिरहेका छन्।

केही संस्थाहरु मापदण्ड पुरा नै नगरी दर्ता प्रक्रियामा गएका छन् भने कतिपयले एकपटक दर्ता गरी नवीकरण नै नगरी संस्था सञ्चालन गरिरहेका छन् । संस्था खारेज भइसक्दा पनि गैरकानुनी ढंगले विद्यार्थी ओसारपसार गर्ने तथा मेनपावर सम्मको काम कन्सल्टेन्सीहरूले गरिरहेका छन् ।

यसैबीचमा हेटौडामा यस्तो कन्सल्टेन्सी पनि भेटियो, जुन दिनमा दुई तीन घण्टा खुल्ने गर्दछ। कुनै पनि निकायमा दर्ता छैन। कन्सल्टेन्सीको नाम हो ‘हिनोमारु नेपाल’ । हेटौडा ४ पारिजातपथ को एक भवनमा एउटा कोठा भाडामा लिएर यो कन्सल्टेन्सी सञ्चालित छ।

छोरा जापान भएकाले यहाँका विद्यार्थी तथा कामदारहरूलाई जापान लैजाने भनी जापानमा भएका छोराले आफ्ना बाबुआमालाई अफिसको जिम्मा दिएका छन्। हामीले यसबारे बुझ्दा जापान गएका ती व्यक्तिका बुवाले एकजना शिक्षक राखेर जापनिज भाषादेखि जापान लैजानेसम्मका काम गर्दा रहेछन् परामर्शका लागि घरमै बोलाएर जापानमा रहेका छोराले भिडियो कल मार्फत परामर्श दिने गरेका गर्दा रहेछन् । भाषा पढ्नका लागि ३५ हजार लिने यो कलसनटेन्सी कुनै पनि सरकारी निकायमा दर्ता छैन। न परामर्शदाता छन् न त कुनै पनि सरकारी नियम भित्र रहेको छ।

जापान बसेर एकजना शिक्षक राखी मेनपावरसम्मको काम यस संस्थाले गर्दै आइरहेको छ। यस संस्थाको बोर्डमा राखिएको नम्बरमा सम्पर्क गर्दा एकजना वृद्धा महिलाले फोन उठाउँछिन्। सुरुवाती चरणको परामर्श तथा भाषा कक्षाका बारे जानकारी उनैले गराउँछिन्। छ महिनादेखि आठ महिनाभित्र ग्यारेन्टीका साथ उडाउने प्रतिबद्धता समेत जनाउँछिन् र शुल्क भने ३५ हजार रहेको बताउँछिन्।

उनी भन्छिन्, ‘मेनपावर नै हो, छोरो जापानमा छ, यहाँको अफिस हामीले हेर्ने गरेका छौं, शिक्षक राखेका छौं पढाइ राम्रो छ ढुक्क भएर पढ्दा हुन्छ ग्यारेन्टी हो, छ देखि ८ महिनामा हामी उडाउँछौँ’,। उनले थप बुझ्नुपरे घरमै आउनका लागि आग्रह गर्छिन्। घरमै आएपछि उनका छोरासँग भिडियो कल मार्फत सबै कुरा सिकाइदिने र परामर्शको काम गरिदिने बताउँछिन्। विद्यार्थी भिसा मात्र नभई कामदारको रुपमा पनि आफूहरूले जापान पठाउने गरेको उनले खुलेर बताउँछिन्। उनले जापानमा रोजगारीका लागि जानका लागि ३ देखि साढे ३ लाख सम्म लिने गरेको बताउँछिन्।

हेटौडा ४ पारिजात पथ स्थित हिनेमारु नेपाल कन्सल्टेन्सी कि सञ्चालक (छोरो जापानमा भएको छोरा कि आमा ) सँगको कुराकानी यस्तो छ ।

कुनै पनि मेनपावर दर्ता गर्नका लागि राज्यका थुप्रै निकायमा दर्ता हुनुपर्छ। तोकिएको मापदण्ड पूरा गरेपछि तोकिएको धरौटी नेपाल सरकारलाई जम्मा गरेपछि विभिन्न अनुगमन तथा निगरानीका साथ सरकारले मेनपावरको लाइसेन्स दिने गरेको छ।

त्यस्तै कन्सल्टेन्सीहरूको हकमा पनि शिक्षा मन्त्रालय तथा प्रदेशको सामाजिक विकास मन्त्रालयमा दर्ता गर्नुपर्छ। सरकारले तोकेको मापदण्ड भित्र रही तालिम प्राप्त परामर्शदाता, तालिम प्राप्त प्रशिक्षक तथा शिक्षक, पर्याप्त विभिन्न शैक्षिक सामग्री, पूर्वाधार एवं अन्य मापदण्ड, योग्यता, पाठ्यक्रम लगायत सम्पूर्ण तोकिएको मापदण्ड पूरा गरेपछि १ लाख धरौटी बुझाई मन्त्रालयले अनुगमन गरेपश्चात कन्सल्टेन्सी सञ्चालन अनुमतिपत्र लिएपछि मात्र संस्था सञ्चालन गर्न पाइने प्रावधान रहेको छ। तर छोरा जापानमा भएकै कारण यहाँबाट एकजना शिक्षक राखी उच्च शिक्षा तथा रोजगारीका लागि समेत मोटो रकम असुली गैरकानुनी रूपमा यसरी विद्यार्थीहरू ओसारपसार गर्ने गिरोहले कन्सल्टेन्सीहरू चलाइरहेका छन्।

यति मात्र होइन मेनपावर नै भनी पासपोर्ट समेत आफै राखी उच्च शिक्षा तथा रोजगारीको ग्यारेन्टीका साथ सम्पूर्ण ठेक्का लीई खुलेआम गैरकानुनी धन्दा गरिरहेका छन् कन्सल्टेन्सीहरूले । तर यसतर्फ यहाँको स्थानीय प्रशासन बेखबर बनेको छ भने दर्ता प्रक्रियामा लैजाने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले देखे अदेखे झैँ गरेको छ।

जसले गर्दा अभिभावक तथा विद्यार्थी त ठगिइरहेका छन् नै, कन्सल्टेन्सीको प्रलोभनमा रोजगारीमै जाने व्यक्तिहरूलाई पनि यस्ता संस्थाहरुले ठगिरहेका छन्।

यो पनि पढ्नुहोस् । 

हेटौंडामा अबैध कन्सल्टेन्सीको लुटधन्दा, यी हुन् लाइसेन्स रद्द हुँदा पनि विद्यार्थी ठग्ने सस्थाहरु

हेटौंडाको नेपमेनी कल्सनटेन्सी अबैध रुपमा संचालन, विद्यार्थीलाई खुलेआम ठग्दा प्रशासन मौन

हेटौंडाका कन्सल्टेन्सीको लुटधन्दामा मन्त्रालय र प्रशासनको छुट, आधा दर्जन बढीको लाइसेन्स रद्ध

हेटौंडाको ई स्पट कन्सल्टेन्सीको गैरकानुनी धन्दा, अनुमति पत्र अर्कै राखेर मेनपावर सम्मको काम

हेटौंडाका कन्सल्टेन्सी- परामर्शका नाममा मानव ओसारपसार धन्दा, देखे नदेखे झैँ गर्छ प्रशासन

हेटौंडामा छ्याप्छ्याप्ती छन् अबैध कन्सल्टेन्सी, प्रशासनले किन गर्दैन अनुगमन ?

कन्सल्टेन्सीलाई शिक्षा मन्त्रालयको चेतावनी, हेटौंडामा भने अधिकांस अबैध

हेटौंडाका कन्सल्टेन्सीहरुलाई ७ दिन भित्र सम्पूर्ण कागजात पेश गर्न प्रशासनको निर्देशन

 


प्रकाशित मिति : मङ्लबार, २०८२ पुस २९, २१ :५२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट