Techie IT
  • ६ वैशाख २०८३, आईतबार
Hetauda Khabar
  • ६ वैशाख २०८३, आईतबार

हेटौंडा महोत्सव आयोजकले पैसा दिएपछि मिलापत्र


जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सहितले उधारो खाएर रकम नदिएको भन्दै एक व्यवसायीले दर्ता गरेको जाहेरीमा मिलापत्र भएको छ ।

ADVERTISEMENT

गत चैत १३ गतेसम्म हेटौडा- १० टिसिएन चौरमा आयोजना गरिएको कृषि तथा पर्यटन महोत्सवको आयोजक समूहले महोत्सव परिसर भित्र रहेको होटलमा खाजा खाएको रकम नदिएपछि सञ्चालकले उनीहरू विरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएका थिए ।

ADVERTISEMENT

मेला सकिए पश्चात पनि आयोजकले रकम नदिएपछि प्रहरी कार्यालयमा उजुरी हालेको र बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा दुई पक्ष विच छलफल गरेपश्चात आफुले पाउनुपर्ने रकम पाएपछी मिलापत्र भएको होटल सञ्चालक सुमन ठकुरीले बताए ।

उनले महोत्सवमा ‘जो जो होटल’को स्टल सञ्चालन गरेका थिए । काठमाडौँका ठकुरीले मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्वल चौलागाईं, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानसहित ६ जनाले उधारो रकम नतिरेपछि आफूहरू काठमाडौँ फर्किन समेत नपएको भन्दै उजुरी दिएका थिए ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८२ चैत्र १८, १२ :३० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट