Techie IT
  • ११ वैशाख २०८३, शुक्रबार
Hetauda Khabar
  • ११ वैशाख २०८३, शुक्रबार

हेटौंडाको समृद्ध नेपाल सहकारीमा करोडौं अपचलन, बचतकर्ताको रकम डुब्यो


हेटौडामा रहेको समृद्ध नेपाल कृषि सहकारी संस्था लिमिटेडमा करोडौं रकम अपचलन भएको पाइएको छ।

ADVERTISEMENT

करोडौं रकम हिनामिना भएपछि सहकारीका अध्यक्ष लगायत सम्पूर्ण कर्मचारीहरू संस्था छोडेर फरार भएका छन्। सहकारी संस्थाले बचतकर्ताको रकम अपचलन गरेपछि हजारौं बचतकर्ताहरूको बचत डुबेको छ। यस सहकारीमा करिब २५ हजार को सङ्ख्यामा बचतकर्ताहरू रहेका छन् भने बचत रकम करिब १७ करोडको हाराहारीमा रहेको छ।

ADVERTISEMENT

यतिका ठूलो रकम सहकारीले हिनामिना गरेको हो। हजारौं बचतकर्ताहरूको रकम हिनामिना पारेपछि अहिले सहकारीका अध्यक्ष लगायत सबै कर्मचारीहरुले कार्यालय छाडेका छन् भने बचतकर्ता को बिल्लीबाठ भएको छ। बचत रकम फिर्ता गर्न बचतकर्ताहरू धाउन थालेपछि एकाएक सहकारी कर्मचारीहरु बेपत्ता हुन थालेका हुन् ।

सहकारीले संस्थाका अघिल्ला कार्यकालका सञ्चालक समिति सदस्य तथा कर्मचारी र बचतकर्ताहरू माथि गरिएको लगानी नै ८ करोड उठ्न बाँकी रहेको संस्थाकी शाखा प्रमुख पार्वती कुमारी खनालले बताएकी छन्। उनले सहकारीको अहिलेको अवस्था निकै दयनीय रहेको र बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको स्वीकारेकी छन् ।

ADVERTISEMENT

उनका अनुसार अहिले सहकारीमा सम्पूर्ण कर्मचारी तथा संस्थाका अध्यक्षले नै राजनिमा दिएर बसेको बताएकी छन्। सहकारी डुब्दै गएपछि अध्यक्ष नारायण श्रेष्ठ,बजार व्यवस्थापक अनिता बिक लगायत सबैले सहकारी छोडेको उनले बताएकि छन् ।

सयौं बचतकर्ताहरू सहकारीमा दिनहुँ धाउँदा समेत सहकारीले बचत रकम फिर्ता गर्न सकेको छैन भने आफूले जम्मा गरेको रकम डुबेपछि बचतकर्ताहरु समस्यामा परेका छन्। यस विषयमा सम्बन्धित सरकारी नियमनकारी निकाय भने मौन बसेको छ। करोडौं रकम अपचलन गरी अध्यक्ष सहित कर्मचारी नै फरार हुँदा समेत नियामक निकाय बेखबर बनेको छ । जसले गर्दा हजारौं बचतकर्ताको करोडौं रकम डुबेको छ।


प्रकाशित मिति : मङ्लबार, २०८३ बैशाख १, २१ :५० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट