Techie IT
Hetauda Khabar

हेटौंडामा भोलिदेखि हुने औद्योगिक व्यापार महोत्सवको तयारी पुरा


हेटौंडामा भोलिदेखि हुने राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडाको टिसिएन चौरमा हुने महोत्सवको तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो  । मेलामा ३ सय ३७ वटा स्टल रहने उद्योग वाणिज्य  संघका अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवालले जानकारी दिए । मेलाको उद्घाटन् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नुहुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

मेलामा होटलका ३०, अटोजोनका १०, बिशेष ६, डुम २ वटा रहेको आयोजकले जनाएको छ । मेलामा प्रदेशका तीन वटा मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाले सहित बिभीन्न निजी क्षेत्रका उद्योगहरुले पनि सहयोग गरेका छन् । मेलामा कृषि, घरेलु हस्तकला, महिला उद्यमीका उत्पादन, होटल, आइटी, शैक्षिक संघसंस्था, उद्योगका उत्पादनहरु लगायतकाको स्टलहरु रहने बताइएको छ ।

१३ दिने मेलामा २ लाख जनाले अवलोकन गर्ने र २० देखि २५ करोड कारोबार हुने आयोजकको अनुमान गरिएको छ । महोत्सवमा स्थनाीय तथा राष्ट्रिय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि रहने बताइएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट