Techie IT
Hetauda Khabar

पत्रकार बन्जारा प्रकरण- बुलेटवाला अर्जुन तिवारी भएको पुष्टि


हेटौंडाका पत्रकार रमेश बन्जराको जवरजस्ती करणी प्रकरणमा घटना भएको भनिएको समयमा जाहेरी दिने महिलालाई मोटरसाइकलमा लिएर जाने व्यक्ति अर्जुन तिवारी रहेको खुलेको छ ।

गत चैत ३० गते एक अपरिचित महिलाले पत्रकार बन्जाराले आफुलाई जबर्जस्ती गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिईन् । ति महिलाले राप्ति खोलाको सिसौ घारीमा लगेर आफुलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् । तर आफुलाई जबर्जस्ती गरेको भनिएको समयमा ति महिला एक बुलेट मोटरसाइकलमा सवार सिसिटिभी फुटेज हेटौंडाखबरबाट सार्वजनिक भएको थियो ।

जाहेरी दिने महिला चढेको मोटरसाइकल हेटौंडा-१२ निवासी अर्जुन तिवारी रहेको पुष्टि भएको छ । प्रदेश ३ ०३-००२ प ७९३२ नम्बरको बुलेट मोटरसाइकलमा अर्जुन तिवारीले ति महिलालाई त्यसदिन सिसौघारीतर्फ लगेर ल्याएको प्रमाण हेटौंडा खबरले फेला पारेको छ । वारदात भएको समय महिलाले जाहेरीमा दिनको  ४ बजे उल्लेख गरेकी छन् । सो समयमा बन्जारा साथीसंग ओम भवन आगाडी देखिएका छन् भने, उनले सो समयमा गुट्खा किनिरहेको सिसिटिभी सार्वजनिक भैसकेको छ ।

त्यसदिन पत्रकार बन्जारालाई ति महिलाले समाचारको बिषय छ भेट्नु पर्यो भनि बोलाएपछी हेटौंडा मोडेल अस्पताल अगाडिको कफी सपमा बन्जरा र महिलाको भेट भई केहीबेर कुराकानी भएको थियो ।

कुराकानी पश्चात महिलालाई बन्जाराले मकवानपुर साझा यातायात बस स्टेसनसम्म छाडिदिएका थिए । बन्जाराले बस स्टेसनमा छाडे लगत्तै तिवारीले ति महिलालाई राप्ती खोला किनारको सिसौघारी तर्फ लागेका थिए र बन्जाराविरुद्ध जाहेरी दिन लगाएका थिए ।हाल बन्जारा पुर्पक्षकाका लागी भीमफेदी कारागार छन् । अदालतमा यस मुद्दा विचाराधीन अवस्थामा रहेकाले यसबारे थप प्रमाण सार्वजनिक नगरिएको हो ।

पत्रकार बन्जारा प्रकरण- बुलेट बाइक वाला को हो ? किन गर्दैन प्रहरीले अनुसन्धान ?

अपरिचित महिला प्रयोग गरी हेटौंडाका पत्रकार बन्जारालाई फसाउने प्रयास ( हेर्नुहोस् सिसिटिभी फुटेज)


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
ट्याग : #अर्जुन तिवारी, #प्रहरी, #रमेश बन्जारा

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट