Techie IT
Hetauda Khabar

हेटौंडामा बाघको आक्रमणबाट एक महिला घाइते


हेटौंडामा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । हेटौंडा उपमहानगरपालिका -१८ रामधुनीमा घाँस काट्न सिमसारमा गएका बेला स्थानीय ५५ वर्षीया मैती बयलकोटी बाघको आक्रमणबाट घाइते भएकी हुन् ।

आक्रमणमा परेर घाइते भएकी बयलकोटीको गाला, ओठ र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । घाँस काटिरहेको बेला उनलाई बाघले आक्रमण गरेपछी उनले हसियाँ प्रहार गरेर बाघ संग जुधेकी थिईन् ।

मंगलबारदेखि हेटौंडा-१८ गुम्बाडाँडा क्षेत्रमा बाघले स्थानीयको बाख्रा, बंगुर मारेको थियो । गाउँमा बाघले निरन्तर रुपमा पशुचौपाया मार्ने र मानिसहरुलाई समेत आक्रमण गर्न थालेपछि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट