Techie IT
Hetauda Khabar

अत्याधिक गर्मीका कारण हेटौंडाका विद्यालयमा बेहोस हुनथाले बालबालिका, नाथ्री फुट्ने र बान्ता हुने बढी


हेटौंडामा अत्याधिक गर्मी बढेपछी स्कुले बालबालिकाहरुलाई स्वास्थ्य समस्या देखापर्न थालेको छ ।

केहीदिन यता अत्याधिक तापक्रम बढेकाले त्यसको बढी असर विद्यालयका बालबालिकामा परेको हो । गर्मि बढेसंगै हेटौंडाको जनजीवन प्रभावित बनेको छ ।

बिहिबार हेटौंडा-५ मा रहेको जीएस निकेतन विद्यालयमा २ विद्यार्थी बिरामी परेका छन् । दिउँसो विद्यालयका २ जना विद्यार्थीमा बान्ता गर्ने, पेट दुख्ने समस्या देखिएको र विद्यार्थी अचेत भएपछी उपचारका लागि अस्पताल लागिएको थियो ।

हेटौंडाका अन्य विद्यालयका विद्यार्थीलाई पनि स्कुलमा स्वास्थ्य समस्या देखिन थालेको अभिभावक संघ मकवानपुरले जनाएको छ ।

विशेष गरी हेटौंडाका निजि विद्यालयका बालबालिकामा गर्मीका कारण नाकको नाथ्री फुट्ने, लगातार बान्ता हुने, बेहोस हुने, पेट दुख्ने समस्या देखा पर्न थालेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट