Techie IT
Hetauda Khabar

पथलैयामा दुर्घटना, हेटौंडाकी मगरको मृत्यु


बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका १६ हटियाकी ४५ वर्षीया होमा थापा मगर रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए । मोटरसाइकल चालक उनको छोरा २३ वर्षीय पुजन थापा मगरको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकमा हेटौंडातर्फ जाँदै गरेको बा.प्र ०३–०४ प ८९७८ नम्बरको मोटरसाइकल सोही दिशाबाट गइरहेको ना ५ ख ५८०५ नम्बरको बससँग ठोक्किएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी होमालाई उपचारका लागि सिमरास्थित अल्पाइन अस्पतालमा लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट