Techie IT
Hetauda Khabar

हेटौंडामा देखिएको बाघ नियन्त्रणमा लिन ४ वटा क्यामरा जडान

सतर्क भएर रहन स्थानीयलाई वडाअध्यक्षको आग्रह


हेटौंडाको जंगलमा बाघ देखिएपछी समाउन क्यामरा जडान गरिएको छ ।

वडा नम्बर १ मा पर्ने भैरवडाँडाको जंगलमा देखा परेको बाघको पहिचान गर्न र नियन्त्रणमा लिन क्यामेरा जडान गरिएको हेटौंडा-१ का वडाअध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।

बन कार्यालय हेटौंडाको सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक रमेश दराईको उपस्थितिमा ४ वटा क्यामेरा जडान गरिएको उनले जानकारी दिए ।

आज राखिएको क्यामरा २ दिन पछी हेर्ने र उक्त स्थानमा बाघ नदेखिए स्थान परिवर्तन गरेर क्यामरा जडान गरेर बाघको पहिचान गरी नियन्त्रणमा लिने बताइएको छ ।

गत आइतबार बिहान बाघले स्थानीयको बाख्रा खाएको थियो भने सोमबार साँझ पनि बाघ देखिएको थियो ।

बाघको पहिचान नभएसम्म भैरवडाडा आसपासका स्थानीयलाई साझ-बिहान उच्च सतर्कता अपनाउन, गाईबस्तु चरिचरणमा नछोड्न, बालबालिकालाई एक्लै नछोड्न वडाअध्यक्ष न्यौपानेले आग्रह समेत गरेका छन् ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट