Techie IT
Hetauda Khabar

मकवानपुर १ मा राप्रपाका दिपकबहादुर सिंह निर्वाचित


मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दिपकबहादुर सिंह निर्वाचित भएका छन् । यस क्षेत्रमा ९१ हजार ४८६ मत खसेको थियो । सिंह २ हजार ३९३ मतान्तरले विजयी भएका हुन् ।
सिंह २७ हजार ८१४ मतका साथ निर्वाचित भएका हुन् । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेस केन्द्रीय सह-महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले २५ हजार ४३४ मत पाएकी छिन् । त्यस्तै सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५४२० मत पाए ।

सिंहले पहिलो पटक संसदीय चुनाव जितेका हुन् । यसअघि उनले जनप्रतिनिधिका रुपमा कुनैपनि निर्वाचन जितेका थिएनन् ।

पाँचौं चुनावी प्रयास सफल 

संघीय संसद जाने पटक पटकको प्रयासमा असफल भएका राप्रपाका केन्द्रीय सदस्य दीपक बहादुर सिंह तेस्रो प्रयासमा सफल भएका छन् । उनको हालसम्मको चुनावी प्रतिस्पर्धामा भने उनि पाँचौ पटक सफल भए ।

२०५४ सालमा तत्कालिन हेटौंडा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका डोरमणि पौडेलसँग पराजित भएका सिंह, २०५६ मा मकवानपुर क्षेत्र नम्वर-२ मा  प्रतिनिधिसभा सदस्य पदमा एमालेकै विरोध खतिवडासँग पराजित भएका थिए । त्यस्तै २०६४ को संविधानसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अनन्त पौडेलसँग संविधानसभा सदस्यको निर्वाचनमा पराजित भएका थिए ।

त्यस्तै गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सिंह पुनः हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि उम्मेदवार थिए । सो निर्वाचनमा सिंह नेकपा एकीकृत समाजवादी पार्टीकी मीनाकुमारी लामासंग पराजित भएका थिए ।

२०७० र २०७४ को निर्वाचनमा उनि उम्मेदवार बनेका थिएनन् ।

 


क्याटेगोरी : महानिर्वाचनको महासंग्राम २०७९, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट