Techie IT
Hetauda Khabar

हेटौंडा मोडेल अस्पताल प्रशासनद्वारा शिल


हेटौंडाको हेटौंडा मोडेल अस्पतालमा प्रशासनले शिल गरेको छ ।

१० बेडको अनुमती लिएर क्षमता भन्दा बढी बेड सन्चालन गरेको र अनुमति बिना फार्मेसी,ल्याब र अप्रेसन कक्ष संचालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले शिल गरेको हो । प्रशासनले अस्पतालको अप्रेसन कक्ष, फार्मेसी र ल्याबमा ताला लगाएको छ ।

अस्पतालमा अनुमती नलिई फार्मेसी सन्चालन गरेको, ल्याब बिना अनुमती सन्चालन गरेको र १० बेडको अनुमति लिएको अस्पतालले विशेष शल्यक्रिया कक्ष सन्चालन गर्न नपाउने अवस्थामा संचालन गरेको पाइएकोले प्रशासनले शिल गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

१५ दिन भित्र अस्पताललाई सम्पूर्ण कागजात पेश गर्न र १० बेडमात्र सन्चालन गर्न प्रशासनले निर्देशन दिएको छ । अस्पतालमा मापदण्ड अनुसार कर्मचारी, चिकित्सक भेटिएको, आवस्यक कागजात नभेटिएको, फोहोरमैला ब्यवस्थापन नगरेको पाइएको प्रशासनले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट