Techie IT
  • १३ वैशाख २०८३, आईतबार
Hetauda Khabar
  • १३ वैशाख २०८३, आईतबार

कन्सल्टेन्सीलाई शिक्षा मन्त्रालयको चेतावनी, हेटौंडामा भने अधिकांस अबैध


शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी) लाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानुन विपरीतको कार्य नगर्न चेतावनी दिएको छ।

ADVERTISEMENT

धेरैजसो (कन्सल्टेन्सी) संस्थाहरूले कानुन विपरीत गएर अनुमति दिएको स्थानभन्दा बाहिर गएर सेवा प्रदान गरिरहेको, अनुमति प्राप्त नभएको स्थानमा शाखा सञ्चालन समेत गरेको जानकारी आएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो नगर्न चेतावनी दिएको हो ।

ADVERTISEMENT

निर्देशिकाले दिएको अधिकार क्षेत्र बाहिर गएर यस्ता कार्य सम्पादन गरेमा सोही निर्देशिकाको दफा ६ बमोजिम संस्थाको स्वीकृति रद्द गरिने समेत मन्त्रालयले चेतावनी दिएको छ । २०७५ साल १४ गतेभन्दा अगाडि स्थापना भएका कन्सल्टेन्सीहरूको यो वर्ष नवीकरण गरिएको थियो ।

उक्त मन्त्रालयबाट अनुमति पाएका संस्थाहरूले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३ बमोजिम सेवा सञ्चालन गर्न सचेत गराएको हो ।

ADVERTISEMENT

शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका उपसचिव सेमन्तराज कोइरालाले एक सूचना जारी गर्दै निर्देशिका विपरीत सञ्चालन गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिदै सजक रहन आग्रह गरेका छन् ।

हेटौंडामा भने दर्ता नै नगरी काठमाडौंको शाखा कार्यालय भन्दै अबैध रुपमा कन्सल्टेन्सी संचालनमा रहेका छन् । हेटौंडामा नयाँ खुलेका अधिकांस कन्सल्टेन्सी कुनैपनि निकायमा दर्ता छैनन् ।

विदेश र काठमाडौंको शाखा भन्दै दर्ता नै नगरी विद्यार्थीलाई वैदेशिक शिक्षाको नाममा चर्को शुल्क लिने गरेका छन् भने, पासपोर्टसमेत आफै राखेर भिसाको कानसमेत गर्ने गरेका छन् तर स्थानीय प्रशासनले भने देखेनदेखे झैँ गर्ने गरेको छ ।


प्रकाशित मिति : मङ्लबार, २०८१ माघ २२, १८ :०४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट