मउवा संघको विरोधाभासपूर्ण विज्ञप्ति, संलग्नता छैन भने पनि पदाधिकारी नै भैरहेछन् बिचौलिया
हेटौडामा जारी कृषि, व्यापार तथा पर्यटन महोत्सवबारे मकवानपुर उद्योग वाणिज्य संघले आफू महोत्सवमा संलग्न नरहेको भन्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । सन्चार मध्यममा संघका पदाधिकारीले नै दोहोरो भूमिका खेलेको र बिचौलिया बनेको भन्ने समाचार सार्वजनिक भएपछि संघले आफ्नो ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको हो । संघको उक्त दाबी र वास्तविक गतिविधिबीच गम्भीर विरोधाभास देखिएको भन्दै नयाँ प्रश्नहरू उठ्न थालेका छन्। उद्योग बाणिज्य संघ जस्तो सस्थाले खुलेआम आफ्ना पदाधिकारीको संलग्नता देख्दा देख्दै सिफारिस मात्र गरिएको भन्दै विज्ञप्ति निकालेको हो ।
संघले जारी गरेको विज्ञप्तिमा हेटौडाको टीसीएन चौरमा सञ्चालन भइरहेको दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव २०८२ मा संस्थागत रूपमा आफ्नो कुनै प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको स्पष्ट पारेको छ। व्यापार मेला सञ्चालनका लागि आफ्नो सिफारिस आवश्यक पर्ने व्यवस्था भए पनि यस वर्ष आफूहरू प्रत्यक्ष रूपमा संलग्न नभएको दाबी संघको छ। साथै, आगामी वर्षदेखि भने संघ आफैंले मेला सञ्चालन गर्ने तयारी रहेको समेत उल्लेख गरिएको छ।
तर महोत्सव स्थलमै संघसँग आबद्ध पदाधिकारीले आफू नै मेला आयोजक भएको दाबी गर्दै सक्रिय रूपमा विभिन्न काम सम्हालिरहेका छन् । ती पदाधिकारीमार्फत मिडिया व्यवस्थापन, प्रचार–प्रसार, कलाकार व्यवस्थापनदेखि लिएर नकारात्मक समाचार नआओस् भन्ने सर्तमा ‘मिडिया कन्ट्रोल’ गर्ने काम भइरहेको स्रोतको दाबी छ । प्रचार–प्रसारका लागि खातामा रकम पठाउनेदेखि महोत्सवको व्यवस्थापनमा सक्रिय संघका पदाधिकारी महोत्सवमा बिचौलियाको काम गरिरहेको भन्दै आरोप लागेपछि यसबारे हेटौंडाखबरमा समाचार प्रकाशित भएको थियो ।
समाचार प्रकाशित भएपछी आज संघले विज्ञप्ति नै जारी गरि आफ्नो कुनै संलग्नता नरहेको बताएपनि संघकै सदस्य, आम सरोकारवालाले पत्याउने अवस्था देखिदैन । त्यसो त जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको महोत्सवमा उद्योग वाणिज्य संघकै पदाधिकारी आयोजक हुँ भन्दै सकृयता देखाउनु ‘मिडिया कन्ट्रोल’ को जिम्मादेखी, प्रचारप्रसार खर्च व्यवस्थापन गरिरहेको सुरुआति दिनदेखि नै देखिदै आएको छ तर उदेश्य विपरितका काम हुँदै गएपछि र कानुनविपरीतका गतिविधि महोत्सवमा देखिएपछि चौतर्फी विरोध सुरु भएको थियो ।
हिसाव किताव पारदर्शी नराख्नु, मनलाग्दी संगले रकम असुल्नु, कारोबार भद्रगोल ढंगले गर्नु र त्यसमा मउवा संघका पदाधिकारी नै सबै जिम्मा लिएर सक्रिय भएपछी अनियमितता बढेको र बिचौलियाको काम गरेको भन्दै आरोप लागेको हो ।
संघको “संलग्नता छैन” भन्ने औपचारिक विज्ञप्ति केवल जिम्मेवारीबाट पन्छिने प्रयास मात्र भएको देखिन्छ। यसले संस्थागत पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ।
यसअघि नै जिल्ला प्रशासन कार्यालय मकवानपुरले चैत ६ गते महोत्सवमा गैरकानुनी रकम असुली र कालोबजारी भएको गुनासोपछि हेटौडा उपमहानगरपालिकालाई तत्काल अनुगमन गरी कारबाही गर्न निर्देशन दिएको थियो। प्रशासनको प्रारम्भिक अनुगमनमा समेत केही अनियमितता भेटिएपछि महोत्सवको अवधि घटाउन सुझाव दिइएको थियो। तर निर्देशन दिएको दिनदेखि नै अहिलेसम्म न अनुगमन भएको छ, न त कुनै आधिकारिक प्रतिवेदन सार्वजनिक गरिएको छ।
यसबीच गैरकानुनी रकम असुली, कालोबजारी, बैंकिङ प्रणालीबाहिर कारोबार, तथा अश्लील नृत्य प्रदर्शनजस्ता गतिविधि भइरहेको आरोपहरू सार्वजनिक भइरहेका छन्। यस्ता गम्भीर आरोपका बाबजुद पनि सम्बन्धित निकायहरू मौन बस्नुले झन् आशंका बढाएको छ।
यसैबिच एकातिर संघले संलग्नता अस्वीकार गर्ने, अर्कोतर्फ आफ्नै पदाधिकारीस्तरबाट सक्रिय भूमिका देखिनु, र प्रशासनको निर्देशनसमेत कार्यान्वयन नहुनु, यी सबै घटनाक्रमले महोत्सव सञ्चालनमा मिलेमतो र सूचना नियन्त्रणको प्रयास भइरहेको संकेत गरेको विश्लेषकहरू बताउँछन्।
यो पनि पढ्नुहोस्
हेटौंडा महोत्सव- मउवा संघको पदाधिकारी नै बिचौलिया भएको आरोप, मिडियालाई ३५ सयको ललिपप !
हेटौडा महोत्सव- गुणगान गाउने पत्रकार बाहेक अरुलाई प्रवेश निषेध
हेटौडाको कृषि, तथा पर्यटन महोत्सवमा अर्धनग्न नृत्य, चौतर्फी विरोध
हेटौंडाको महोत्सवमा कालोबजारी- प्रशासनको अनुगमनले हावा खायो, स्थानीय सरकार माथि मिलेमतोको आशंका
हेटौंडाको महोत्सवमा कालोबजारी- स्वास्थ्यमाथि गम्भीर खेलवाड, अधिकांस अखाद्य बस्तु बिक्री
हेटौंडाको महोत्सवमा अबैध असुली धन्दा- तत्काल कारबाही गर्न र अवधि घटाउन निर्देशन
हेटौंडाको कृषि, व्यापार तथा पर्यटन महोत्सवमा बाह्य स्टलको प्रभुत्व, उद्देश्य माथि प्रश्न
हेटौडाको महोत्सव: फुटपाथे सामानले भरिभराउ, प्रवेश शुल्कमा मनपरी
हेटौंडामा जारी महोत्सवमा ठगी धन्दा- पार्किङ्गको नाममा गैरकानुनि असुली, स्थानीय सरकार बेखबर
हेटौंडामा मेलाको नाममा ठगी धन्दा, आयोजकद्वारा गुण्डा परिचालन
प्रकाशित मिति : बिहिबार, २०८२ चैत्र १२, १६ :४७ बजे


















प्रतिक्रिया