Techie IT
  • ६ वैशाख २०८३, आईतबार
Hetauda Khabar
  • ६ वैशाख २०८३, आईतबार

हेटौंडा महोत्सव- मउवा संघको पदाधिकारी नै बिचौलिया भएको आरोप, मिडियालाई ३५ सयको ललिपप !


हेटौडामा जारी महोत्सवका विषयमा नराम्रा समाचार रोक्नका लागि आयोजकले पत्रकार तथा सञ्चार संस्थाहरूलाई ३,५०० को विज्ञापन दिएर बोल्ती बन्द गराउन खोजेको पाइएको छ ।

ADVERTISEMENT

हेटौडामा भइरहेको कृषि व्यापार तथा पर्यटन नामको महोत्सवको आयोजक जिल्ला खेलकुद विकास समिति हो। समितिले आफूले महोत्सवमा गर्ने गैरकानुनी कार्य र मनपरी असुली धन्दाको समाचार रोक्नका लागि हेटौडाका केही मिडियाहरुलाई ३५ सय देखि १० हजारसम्म को विज्ञापन दिएर भूलाएको छ ।

ADVERTISEMENT

आफू विरुद्ध समाचार लेख्ने सञ्चारकर्मीहरूलाई महोत्सवमा प्रवेश निषेध त गरिएको छ नै, गलत कामहरूको समाचार नबनाउनका लागि पत्रकारहरूको ठेकेदार बनाई पैसा दिएर समाचार नलेख्ने वातावरण बनाउनको लागि आयोजकले आग्रह गरेको पाइएको छ ।

हेटौडाका केही दलगत पत्रकार संगठनका नेताहरूसँग बसी महोत्सवका राम्रा विषयमा मात्र समाचार प्रकाशन गर्न र नराम्रा विषयहरुलाई नलेख्न भन्दै ३५ सय देखि १० हजारसम्मका विज्ञापन बाडेको पाइएको हो। मिडिया चुप बनाउने जिम्मा मकवानपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारी समेत रहेका मिडिया सञ्चालक र केही पत्रकार संगठनका नेताहरु मिडिया हेर्ने ठेकेदारको रुपमा प्रस्तुत भई महोत्सवका बारे नराम्रो समाचार नलेख्न र बोल्ती बन्द गराउन लागि परेको पाइएको हो ।

ADVERTISEMENT

मकवानपुर उद्योग वाणिज्य संघका एक पदाधिकारी नै बिचौलियाको भूमिकामा रहेको आरोप लागेसँगै महोत्सवको पारदर्शिता र सञ्चालन प्रक्रियामाथि गम्भीर प्रश्न उठेका छन्। स्रोतका अनुसार मिडिया हाउससँग सम्बन्धित संघका एक प्रतिनिधिले महोत्सवका नकारात्मक गतिविधि सार्वजनिक नहोस् भनी मिडियालाई ‘चुप’ राख्ने र विवाद व्यवस्थापन गर्ने जिम्मा लिएको आरोप छ। यस कार्यले महोत्सवभित्र भइरहेका अनियमितता ढाकछोप गर्ने प्रयास भएको आशंका गरिएको छ।

त्यसैगरी, महोत्सव सञ्चालनका लागि दिइएको ठेक्का रकम हालसम्म सार्वजनिक नगरिनु अर्को शंकाको विषय बनेको छ। महोत्सवजस्तो ठूलो कार्यक्रम हुँदाहुँदै पनि सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत नगरी नगदमै भइरहेको आरोपसमेत लागेको छ, जसले आर्थिक पारदर्शितामाथि थप प्रश्न खडा गरेको छ।

यस्ता गतिविधिप्रति असन्तुष्टि जनाउँदै जिल्ला खेलकुद विकास समिति कै एक सदस्यले खुलेर विरोध जनाएका छन्। उनले महोत्सव सञ्चालनमा पारदर्शिता अभाव, आर्थिक अनियमितता तथा बिचौलियाको भूमिका बढ्दै गएको भन्दै छानबिनको माग गरेका छन्।

स्थानीयवासी तथा सरोकारवालाहरूले सम्पूर्ण विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र महोत्सवलाई पारदर्शी तथा मर्यादित बनाउन माग गरेका छन्।

उता महोत्सवका बारे राम्रा समाचार नलेख्ने सञ्चारकर्मीहरू र विरोध गर्ने व्यक्तिहरु विरुद्ध आयोजक खनिएको छ । पछिल्ला केही दिन यता सधैंजसो संचारकर्मीहरू महोत्सवमा दुर्व्यवहारको सिकार भइरहेका छन्। अर्को तर्फ महोत्सवका बारे विरोध हुन थालेपछि आयोजकले गुण्डा गर्दी शैलीमा उत्रिने व्यक्तिहरु परिचालित गरेको छ।

महोत्सवका बारे नराम्रो बोले र भिडियो तथा फोटो कैद गरे तुरुन्तै ती व्यक्तिहरूले महोत्सव परिसरमै हातपात गर्ने र दुर्व्यवहार जन्य क्रियाकलाप गर्ने गरेका छन्।

यो पनि पढ्नुहोस् 

हेटौडा महोत्सव- गुणगान गाउने पत्रकार बाहेक अरुलाई प्रवेश निषेध

हेटौडाको कृषि, तथा पर्यटन महोत्सवमा अर्धनग्न नृत्य, चौतर्फी विरोध

हेटौंडाको महोत्सवमा कालोबजारी- प्रशासनको अनुगमनले हावा खायो, स्थानीय सरकार माथि मिलेमतोको आशंका

हेटौंडाको महोत्सवमा कालोबजारी- स्वास्थ्यमाथि गम्भीर खेलवाड, अधिकांस अखाद्य बस्तु बिक्री

हेटौंडाको महोत्सवमा अबैध असुली धन्दा- तत्काल कारबाही गर्न र अवधि घटाउन निर्देशन

हेटौंडाको कृषि, व्यापार तथा पर्यटन महोत्सवमा बाह्य स्टलको प्रभुत्व, उद्देश्य माथि प्रश्न

हेटौडाको महोत्सव: फुटपाथे सामानले भरिभराउ, प्रवेश शुल्कमा मनपरी

हेटौंडामा जारी महोत्सवमा ठगी धन्दा- पार्किङ्गको नाममा गैरकानुनि असुली, स्थानीय सरकार बेखबर

हेटौंडामा मेलाको नाममा ठगी धन्दा, आयोजकद्वारा गुण्डा परिचालन


प्रकाशित मिति : बुधबार, २०८२ चैत्र ११, २२ :४४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट