हेटौडा महोत्सव- गुणगान गाउने पत्रकार बाहेक अरुलाई प्रवेश निषेध
हेटौडामा जारी महोत्सवमा महोत्सवको गुणगान गाउने पत्रकारहरुले मात्र प्रवेश पाउने गरेको पाइएको छ।
उद्योग तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको भनिएको महोत्सवको चौतर्फी विरोध हुन थालेपछि आयोजक मिडियामाथि खनिएको हो। महोत्सवमा आयोजक र महोत्सवका बारे गुणगान गाउने पत्रकार र राम्रा समाचार बनाउने मिडिया हाउसलाई मात्र प्रवेश गराउने गरेको छ।
महोत्सवमा प्रवेश गर्दा सञ्चारकर्मीहरूलाई भित्र जान प्रवेश छैन भन्दै आयोजकले परिचालन गरेका व्यक्तिहरुले रोक्ने गरेका छन्। कुन संचारकर्मी हो र महोत्सवका बारे राम्रो समाचार लेख्ने पत्रकार हो या होइन हेरेर मात्र आयोजकले प्रवेश दिने गरेको एक सञ्चारकर्मीले बताए । त्यसो त केही दिन अघि हेटौडाका पत्रकार रमेश बन्जारालाई फोटो तथा भिडियो कैद गर्ने क्रममा आयोजक द्वारा परिचालित व्यक्तिहरूले गुण्डागर्दी शैलीमा प्रस्तुत हुँदै बन्जारालाई दुर्व्यवहार समेत गरेका थिए।
त्यसयता महोत्सवका बारे रिपोर्टिङ गर्न पुगेका अन्य पत्रकारहरुलाई समेत आयोजकले प्रवेश निषेध गरेको छ । महोत्सवमा उठाइएको चर्को शुल्क कानुन विपरीतका गतिविधिहरु समाचार बन्ने डरले महोत्सवमै पत्रकारलाई आयोजकले प्रवेश निषेध गरेको हो ।
महोत्सवका विषयमा नराम्रा समाचार नलेख्ने र गुणगान गाउने सञ्चारकर्मीलाई आयोजकले सजिलै प्रवेश दिने र फोटो तथा भिडियो कैद गर्न दिने गरेको छ।
यस विषयमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखा भने मौन बसेको छ। सार्वजनिक स्थानमा फोटो तथा भिडियो कैद र रिपोर्टिङ गर्न असहज परिस्थिति बने पनि यस विषयमा महासंघले कुनै पनि धारणा सार्वजनिक गरेको छैन।
आयोजकले सन्चारकर्मीलाई सहयोगीको रुपमा लिनुपर्नेमा बाधक सोचेर पटक पटक दुव्र्यवहार गर्नु गलत भएको महासंघ मकवानपुरकि उपाध्यक्ष भावना रिजालको प्रतिक्रिया छ ।
आयोजकले महोत्सवमा मनलाग्दी शुल्क उठाएको प्रवेश शुल्कमा हरेक दिन फेरबदल गर्ने गरेको मनलाग्दी गैरकानुनी ढङ्गबाट पार्किङ शुल्क उठाउने गरेको विषयमा चौतर्फी विरोध भइरहेको छ। तर यस विषयमा स्थानीय सरकार हेटौडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय मौन बसेको छ।
यो पनि पढ्नुहोस्
हेटौडाको कृषि, तथा पर्यटन महोत्सवमा अर्धनग्न नृत्य, चौतर्फी विरोध
हेटौंडाको महोत्सवमा कालोबजारी- प्रशासनको अनुगमनले हावा खायो, स्थानीय सरकार माथि मिलेमतोको आशंका
हेटौंडाको महोत्सवमा कालोबजारी- स्वास्थ्यमाथि गम्भीर खेलवाड, अधिकांस अखाद्य बस्तु बिक्री
हेटौंडाको महोत्सवमा अबैध असुली धन्दा- तत्काल कारबाही गर्न र अवधि घटाउन निर्देशन
हेटौंडाको कृषि, व्यापार तथा पर्यटन महोत्सवमा बाह्य स्टलको प्रभुत्व, उद्देश्य माथि प्रश्न
हेटौडाको महोत्सव: फुटपाथे सामानले भरिभराउ, प्रवेश शुल्कमा मनपरी
हेटौंडामा जारी महोत्सवमा ठगी धन्दा- पार्किङ्गको नाममा गैरकानुनि असुली, स्थानीय सरकार बेखबर
हेटौंडामा मेलाको नाममा ठगी धन्दा, आयोजकद्वारा गुण्डा परिचालन
प्रकाशित मिति : बुधबार, २०८२ चैत्र ११, २१ :२१ बजे





















प्रतिक्रिया