Techie IT
Hetauda Khabar

हेटौंडाको सन्चो र मोडेल अस्पताल पनि मापदण्ड विपरित , बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड


हेटौंडा उपमहानगरपालिका-१ मा रहेको सन्चो अस्पताल र हेटौंडा मोडेल अस्पताल मापदण्ड विपरित संचालन भैरहेको पाइएको छ ।

यी दुवै अस्पताल प्रदेश स्वास्थ्य सेवा नियमावली २०७६ को स्वास्थ्य सस्था संचालन मापदण्ड विपरित चलेको पाइएको छ । सन्चो अस्पतालले २५ शैयाको अनुमती लिएर क्षमता भन्दा बढी शैया संचालन गरिरहेको छ भने मोडेल अस्पतालले १० शैयाको अनुमतिमा अनुमति भन्दा धेरै शैया संचालन गरेको छ ।

त्यती मात्र होइन सन्चो अस्पतालको भवनपनि पूर्वाधार मापदण्ड अनुसारको नरहेको पाइएको छ । स्वास्थ्य सेवा नियमावलीमा उल्लेख भए अनुसारको मापदण्ड अस्पतालले पुरा गरेको छैन । सबै भन्दा महत्वपूर्ण कुरा त अस्पतालमा बिरामी राख्ने आकस्मिक कक्ष, ओपिडी र अन्य कक्षहरु कुनैपनि मापदण्ड अनुसारका छैनन् । अस्पतालका कोठाहरु अस्पतालका लागि उपयुक्त छैनन् भने बिमारीले उपचारका क्रममा सास्ती भोगिरहनु परेको छ ।

निजि अस्पतालका नाममा चर्को सेवा शुल्क लिने गरेको यस अस्पतालले नियम र कानुनको बर्खिलाप स्वास्थ्य सेवाका नाममा कमाऊ धन्दा गरिरहेको छ । तर सम्बन्धित निकायले भने कुनैपनि कारवाही गर्न सकेको छैन ।

प्रदेश स्वास्थ्य नियमावली २०७६ अनुसार न्युनतम पुरा गर्नुपर्ने मापदण्डसमेत पुरा नगरी निर्वाद रुपमा अस्पताल संचालन भैरहेको छ । तरपनि प्रदेशको स्वास्थ्य मन्त्रालय मातहतका नियामक निकाय, स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत सबै निकाय मौन छ ।

अस्पतालमा सामान्य खालका मापदण्डसमेत पुरा गरिएको छैन । अस्पतालको कुल क्षेत्रफ़लको २५ प्रतिशत पार्किङ हुनुपर्ने प्रावधान छ । जबकी यहाँ उपचार गराउन आउँदा सवारी बाटोमा पार्किङ गर्नुपर्छ । त्यस्तै प्रतिक्षालय हुनुपर्नेमा तोकिएको मापदण्ड अनुसारको छैन, अस्पतालमा खानेपानीको राम्रो व्यवस्था हुनुपर्नेमा यहाँ बिरामी र आफन्तले पानीसमेत खान पाउने अवस्था छैन । यहाँका आकस्मिक वार्ड, ओपिडीलगायतका स्थान तोकिएको मापदण्ड अनुसार कुनैपनि छैनन् । तर अस्पतालले भने सेवा वापतको चको शुल्क लिने गरेको छ ।

बिना अनुमति शल्यक्रिया 

हेटौंडा मोडेल अस्पतालले बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको छ ।  जम्मा १० शैयाको अनुमति लिएको यस अस्पतालले क्षमता र अनुमती भन्दा निकै बढी बेड संचालन गरिरहेको छ ।  अनुमति नै नलिएको अस्पतालले शल्यक्रिया कक्ष र प्रयोगशाला संचालन गरिरहेको छ ।  नियमानुसार यस अस्पतालले अप्रेसन थियटर संचालन गर्न पाउदैन तर यहाँ सामान्य तथा जटिल खालका शल्यक्रिया हुने गर्दछ ।  बिमारीको स्वास्थ्य माथि गम्भीर खेलवाड गरिरहेको अस्पताल निर्वाद संचालन भैरहदा सम्बन्धित निकाय भने मौन बसेको छ ।

केहि महिना अघि मोडेल अस्पतालमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको टोलीले अनुगमन गरी अपरेसन थियटर शिल गरेको थियो ।  तर पहुँचका आधारमा केहिदिन पछी उक्त शिल बिना जानकारी खोलिएपनि सम्बन्धित निकाय आजसम्म थाहा नपाएझै गरेको छ ।

उता अनुमति दिने निकाय स्वास्थ्य कार्यालय र हेटौंडा उपमहानगरपालिका भने यो विषयमा मौन बसेका छन् ।  पहुँच र राजनीतिक आडका आधारमा मापदण्ड नै नपुगेको अस्पताललाई यी दुवै निकायले अनुमति र नवीकरणसमेत गरिदिएको खुलेको छ ।  सामान्य मापदण्ड नै पुरा नभएका हेटौंडाका निजि स्वास्थ्य सस्थालाई मनलाग्दी संग अनुमति दिंदा र अनुगमन, निगरानी नगर्दा एकातर्फ आम नागरिक र बिरामीलाई सास्ती उत्तिकै भैरहेको छ भने स्वास्थ्य जस्तो अति संबेदनशील कुरामा गम्भीर खेलवाड भैररहेको छ । यसतर्फ सम्बन्धित निकायले ध्यान दिएको छैन ।


क्याटेगोरी : समाचार, स्थानिय
ट्याग : #अनुगमन, #अबैध, #गैरकानुनी, #जिल्ला प्रशासन कार्यालय मकवानपुर, #निजि अस्पताल, #स्वास्थ्य, #स्वास्थ्य कार्यालय, #हेटौंडा

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट