हेटौंडाको नेपमेनी कल्सनटेन्सी अबैध रुपमा संचालन, विद्यार्थीलाई खुलेआम ठग्दा प्रशासन मौन
हेटौडाको नेपमेनी कल्सनटेन्सीले संस्था दर्ता नै नगरी गैरकानुनी ढङ्गबाट वैदेशिक रोजगार भाषाशिक्षण तथा परामर्श को नाममा विद्यार्थीहरूबाट चर्को असुली गर्ने गरेको पाइएको छ।
जर्मन भाषा शिक्षण गराउने भन्दै कुनै पनि सम्बन्धित निकायमा दर्ताबिनै शाखा कार्यालयको नाममा विद्यार्थीहरुलाई ठगिरहेको भेटिएको हो। काठमाडौँमा रहेको नेपमेनी कल्सनटेन्सीको शाखा भन्दै हेटौडामा यस कन्सल्टेन्सीले विद्यार्थीहरूलाई चर्को शुल्क लिई ठगिरहेको छ। कुनै पनि संस्था दर्ता गर्नका लागि सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको अनुमति लिनुपर्ने हुन्छ। तर कुनै पनि प्रक्रिया नपुराई यस कन्सल्टेन्सीले जर्मन भाषा पढाउने भन्दै प्रति व्यक्ति १५ हजारका दरले शुल्क उठाउने गरेको छ भने परामर्शका लागि समेत हेड अफिसले सम्पूर्ण काम गरिदिने भन्दै विद्यार्थीहरुलाई भ्रममा पारी झुक्याइरहेको छ ।
कुनै पनि यस्ता कन्सल्टेन्सी तथा अतिरिक्त शिक्षण गराउने संस्था शिक्षा मन्त्रालय अथवा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा दर्ता हुनुपर्दछ। तर नेपमेनी कुनै पनि निकायमा दर्ता छैन। दर्ता सञ्चालन अनुमति पत्र नलिई गैरकानुनी ढङ्गबाट विद्यार्थीहरूलाई ठग्दा समेत प्रदेशको मन्त्रालय र यहाँको स्थानीय प्रशासनले कारबाही गर्न सकेको छैन।
अर्को तर्फ योग्यता नै नपुगेका प्रशिक्षक तथा शिक्षकहरूबाट भाषाशिक्षणको काम समेत हुने गरेको पाइएको छ। यस कलसन्टेन्सीले विद्यार्थीहरूलाई वैदेशिक भाषा शिक्षण का लागि अदक्ष प्रशिक्षक राखी संस्था सञ्चालन गरिरहेको छ। वैदेशिक परामर्श भाषा शिक्षण पूर्व तयारी कक्षा तथा जुनसुकै अतिरिक्त शिक्षण कार्य गर्नका लागि सम्बन्धित निकायबाट दक्षता हासिल गरेका व्यक्तिले मात्र अध्यापन गराउन पाइने प्रावधान छ।
अनुमति पत्र नलिकन कुनै पनि यस्ता संस्था सञ्चालन गर्न सञ्चालन गर्नु कानुन विपरीत हुन्छ तर यस संस्थाले निर्वाद रूपमा कक्षा सञ्चालन गरिरहेको छ भने मन्त्रालयबाट अनुमति पत्र समेत लिएको छैन। यसरी बिना इजाजत मनपरी शुल्क लिँदै नेपमेनी कल्सनटेन्सीले विद्यार्थीहरूलाई ठगिरहेको छ।
अर्कोतर्फ यस कन्सल्टेन्सीले भ्रामक प्रचारसमेत गरिरहेको छ। यस्ता संस्था को कुनै पनि शाखा खोल्न नपाउने कानुनी प्रावधान रहेको छ। तर काठमाडौँ पुतली सडकस्थित हेड अफिस बताउने कन्सल्टेन्सीले शाखा कार्यालय हेटौडा भन्दै विभिन्न प्रचारप्रसार समेत भ्रामक प्रचार प्रसार समेत गरिरहेको छ।
विशेषगरी जर्मनीका लागि भाषा शिक्षण लगायत परामर्शको काम समेत गर्ने बताउने यस संस्थाले शाखा कार्यालय भन्दै विद्यार्थीलाई प्रलोभनमा पारी झुक्याइरहेको छ। उता प्रदेशको सामाजिक विकास मन्त्रालय मा यस संस्था दर्ताका लागि प्रक्रियामा समेत नगएको पाइएको छ।
यो पनि पढ्नुहोस् ।
हेटौंडाका कन्सल्टेन्सीको लुटधन्दामा मन्त्रालय र प्रशासनको छुट, आधा दर्जन बढीको लाइसेन्स रद्ध
हेटौंडाको ई स्पट कन्सल्टेन्सीको गैरकानुनी धन्दा, अनुमति पत्र अर्कै राखेर मेनपावर सम्मको काम
हेटौंडामा छ्याप्छ्याप्ती छन् अबैध कन्सल्टेन्सी, प्रशासनले किन गर्दैन अनुगमन ?
कन्सल्टेन्सीलाई शिक्षा मन्त्रालयको चेतावनी, हेटौंडामा भने अधिकांस अबैध
हेटौंडाका कन्सल्टेन्सीहरुलाई ७ दिन भित्र सम्पूर्ण कागजात पेश गर्न प्रशासनको निर्देशन
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय


















प्रतिक्रिया