Techie IT
  • ६ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • ६ फागुन २०८२, बुधबार

‘केपी ओली झुट र भ्रमको खेति गर्ने महानायक हुन् ’- इन्द्र बानियाँ


नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) को  गठबन्धन तर्फका उम्मेदवार इन्द्रबहादुर बानियाँले नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले झुठ र भ्रमको राजनीति गरिरहेको भन्दै आलोचना गरेका छन् ।

ADVERTISEMENT

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाकामा आइतबार भएको गठबन्धन दलले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै बानियाँले एमाले नेता र नीति ठिक नभएको पार्टी भएको भन्दै यस्तोले मुलुकलाई निकास दिन नसक्ने दावी गरे । वर्तमान व्यवस्थाई ढाल्नको लागि केपी ओलीले दुइ दुइ पटकसम्म संसद विघटन गरेको स्मरण गर्दै बानियाँले अब जनताले तीनलाई विश्वास गर्न नसक्ने बताए ।

ADVERTISEMENT

‘ओलीको पार्टीले जितेमा मुलुकको विकास हुन नसक्ने देखेपछि जनताको अवस्था परिवर्तन गर्न लोकतान्त्रिक बाम गठबन्धन बनेको छ, यो गठबन्धनदेखि ओली अत्तालिएका छन् ।’ बानियाँले भने–‘गठबन्धनदेखि आत्तिएका ओलीले जनता मार्ने कमल थापा र देश टुक्र्याउन लागिपर्ने सिके राउत जस्ताको पार्टीसंग मिलेर लठबन्धन गरिरहेका छन् । केपी ओली झुट र भ्रमको खेती गर्ने महानायक हुन् ।’

स्थानीय तहको निर्वाचनमा भएको कमीकमजोरीलाई भुलेर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडाले पनि केपी ओली नेतृत्वको एमालेको चर्को आलोचना गरेका थिए ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०७९ कार्तिक ६, १३ :३५ बजे
ट्याग : #आमनिर्वाचन, #इन्द्र बानियाँ, #चुनाव, #निर्वाचन, #मकवानपुर, #हेटौंडा

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट