Techie IT
Hetauda Khabar

हेटौंडाको सन्चो हस्पिटलमा अबैधरूपमा चलेको ल्याब प्रशासनले बन्द गरायो


हेटौंडाको सन्चो अस्पतालको प्रयोगशाला अबैध रुपमा सन्चालन गरिएको पाइएको छ ।

हेटौंडा १ मा रहेको सन्चो अस्पताल मापदण्ड विपरीत संचालित रहेको समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा गएको अनुगमन टोलिले अस्पतालको ल्याब अनुमति नलिई सन्चालनमा रहेको भेटेको हो ।

गैरकानुनी रुपमा सन्चालन भएको ल्याब अनुगमन टोलिले बन्द गराएको छ । अनुगमन टोलि पुग्दा अस्पताल प्रशासनले प्रयोगशाला सन्चालन अनुमतिपत्र देखाउन नसकेपछि टोलिले प्रयोगशाला बन्द गराएको हो ।

साथै अस्पतालको आकस्मिक कक्षमा म्याद गुज्रिएको औषधि समेत भेटिएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट