Techie IT
  • १२ वैशाख २०८३, शनिबार
Hetauda Khabar
  • १२ वैशाख २०८३, शनिबार

हेटौंडा १२ मा युनेशको उम्मेद्वारी फिर्ता, रविनलाई समर्थन


आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा–१२ को वडाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका मध्ये स्वतन्त्र उम्मेद्वारी दिएका युनेश लामा स्याङ्तानले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छ

ADVERTISEMENT

मुख्य निर्वाचन अधिकृतको कार्यलयमा उम्मेद्वारी फिर्ता लिए पश्चात स्याङ्तानले पत्रकार सम्मेलन मार्फत एक  प्रेस बिज्ञप्ती जारी गर्दै नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार रविकुमार प्रधान (रविन)लाई समर्थन गर्ने जानकारी दिएका छन् ।

ADVERTISEMENT

स्याङ्तानले वडाको विकासका लागि माओवादी केन्द्रका उम्मेद्वार रविकुमार प्रधान (रविन) उपयुक्त भएकोले उनलाई समर्थन गरेको बताए ।
नेपाल समाजवादी पार्टीका जिल्ला नेतासमेत रहेका स्याङ्तानले आफ्नो पार्टीले समेत स्थानीय तह उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वारलाई सघाउने निर्णय गरे अनुसार आफुले उम्मेद्वारी फिर्ता लिएको बताए ।

उम्मेद्वारी फिर्ता लिएर आफुलाई सहयोग गर्ने प्रतिबद्धता दिएका स्याङ्तानलाई धन्यवाद दिँदै नेकपा (माओवादी केन्द्र) का वडाअध्यक्ष पदका उम्मेद्वार प्रधानले वडाको विकासको लागि सधै सबै पक्षसंग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

ADVERTISEMENT

उम्मेद्वार प्रधानले आफु सबै वडाबासीको साझा उम्मेद्वारको रुपमा प्रस्तुत भएको र वडाको विकासमा न्योचित ढंगले लाग्ने बताए । प्रधानले आफुलाई मतदान गरी निर्वाचित गराउन सम्पूर्ण वडावासीलाई अनुरोध समेत गरे ।


प्रकाशित मिति : बुधबार, २०८१ मंसिर ५, २२ :५३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट