Techie IT
Hetauda Khabar

हेटौंडामा चक्कु प्रहार गरेर भागेका २ जना पक्राउ


हेटौंडामा गत मंसिर २६ गते दिउसो चक्कु प्रहार गरेर फरार रहेका दुइ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा–२ का डानियल न्यौपानेलाई चक्कु प्रहार गरी फरार रहेका हेटौंडाका दुई जनालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । पक्राउ पर्नेहरुमा हेटौंडा–६ कमाने बस्ने ३० वर्षीय अशिम बर्तौला र हेटौंडा–५ सानोपोखरा बस्ने २५ वर्षीय हेमन्त थापा मगर रहेको  प्रहरीले जनाएको छ ।

आपसी भनाभनपछि चुक्कु प्रहार गरि बेपत्ता रहेका बर्तौला र थापा मगरलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ भने उनीहरुलाई ज्यान मार्ने कसुरमा मुद्धा दर्ता गरी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट