BREAKING : हेटौंडामा भोलि रातिदेखि निषेधाज्ञा

हेटौंडा खबर
१८ बैशाख २०७८, शनिबार १८:२६

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।

शनिबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आइतबार भोलि राति १२ बजेदेखि बैसाख ३१ गते रातिसम्म लागुहुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका,थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको पुर्व पच्चिम राजमार्गको ५०० मिटर दायाबाया निषेधाज्ञा गर्ने  निर्णय भएको हो ।।

कोभिड १९ का बिरामी जिल्लामा ५ सय नाघेपछि कोरोना नियन्त्रणका लागि प्रशासनले निषेधाज्ञा गरेको हो ।

शुक्रबार हिजो मात्र हेटौंडा अस्पताल स्थित पिसिआर ल्याबमा गरिएको २७४ जनाको परिक्षणमा १७७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको अस्पतालका कोभिड १९ इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिए । मकवानपुरमा सक्रिय संक्रमित ५ सय २४ जना छन् ।

दोस्रो लहर सुरुभएपछी हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ६०२ पुगेको छ । यो शनिबार बिहान सम्मको विवरण हो ।

जिल्लाका सक्रिय संक्रमित मध्ये ११ जना हेटौंडा अस्पतालमा बनाइएको कोभिड-१९ एचडियु वार्डमा उपचाररत छन् ।

त्यस्तै हेटौंडा ६ गौरिटार स्थित आइसोलेसनमा १३ जना रहेका छन् भने ५ सय बढी होम आइसोलेसनमा छन् । जिल्ला स्वास्थ्य कार्यालयको विवरण अनुसार मकवानपुरमा हालसम्म कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*