Techie IT
Hetauda Khabar

मेसुको ठाडो निर्देशनमा हेटौंडा अस्पतालमा आयुर्वेद सेवा बन्द, संचालन समिति भन्छ- हामीलाई थाहा नै छैन


हेटौंडा अस्पतालमा आयुर्वेद ओपिडी सेवा बन्द भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डाक्टर श्रीधर अर्यालको ठाडो निर्देशनमा शुक्रबारदेखि आयुर्वेद ओपिडी सेवा बन्द गरिएको हो । अचानक सेवा बन्द हुँदा उपचारका लागि आएका बिरामी मर्कामा परेका छन् । शुक्रबार अचानक ओपिडी सेवा बन्द भनेपछी अस्पताल आएका बिरामीले टिकटसमेत काट्न पाएनन् ।

बिना जानकारी अस्पतालले आयुर्वेद सेवा बन्द गरेको हो । दैनिक ५० देखि ७० जनाको हाराहारीमा आयुर्वेद चिकित्साका लागि बिरामी हेटौंडा अस्पताल आउने गर्दछन् । तर भर्खर आएका मेसु अर्यालको निर्देशनमा शुक्रबारदेखि सेवा नै बन्द गरिएको छ । यस विषयमा मेसु अर्याललाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

उता मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौडा अस्पताल सञ्चालन तथा ब्यबस्थापन समितिले भने आयुर्वेद ओपिडी सेवा बन्द भएकोबारे आफुलाई थाहा नै नभएको बताएको छ । समितिका अध्यक्ष राजेश प्रसाईका अनुसार सेवा बन्दबारे समितिलाई कुनै जानकारी नै छैन ।

‘संचालक समितिलाई कुनै खबर नै छैन, त्यसरी सेवा नै बन्द गर्न मिल्दैन मैले भर्खर थाहा पाए, म बुझ्छु’, प्रसाईले भने ।

बिरामी, आम नागरिक र अस्पताल संचालन समितिलाई नै कुनै जानकारी नदिई आयुर्वेद सेवा बन्द गरिएको छ । जसका कारण बिरामीले सेवा पाउनबाट बन्चित भएका छन् ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट