Techie IT
Hetauda Khabar

सानिमा बैंकद्वारा दश लाखको दुर्घटना बीमा रकम हस्तान्तरण


सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।

बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएपछी उनको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट शाखा प्रबन्धक मुना पौडेलले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।

दुर्घटनाका कारण मृत्यु भएका पिठाकोटीले सानिमा बैंकको हेटौंडा शाखामा सानिमा सुपर सेभिङ्ग खाता खोलेका थिए ।

बैंकले सो अन्तर्गत १० लाखको दुर्घटना बीमा,  १० हजारसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी उपचार बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरुमा छुट प्रदान गर्दै आइरहेको जनाएको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।


क्याटेगोरी : समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट