Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

कमल थापा र एकालालको प्रतिवद्धता पत्र – हेटौंडामा विद्युतीय बस संचालनदेखि विमानस्थल र सुरुङ्गमार्ग निर्माण


नेकपा एमालेको तर्फबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवारहरुले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

ADVERTISEMENT

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभाका कमल थापा र प्रदेशसभा १ ख का उम्मेदवार एकालाल श्रेष्ठले संयुक्तरुपमा  हेटौंडाको विकासका लागि लोभलाग्दो पतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिवद्धता पत्रमा हेटौंडामा विद्युतिय बस सन्चालनदेखि यहाँ विमानस्थल निर्माणको लागि पहल गर्नेसम्मको कुरा समेटिएको छ ।

ADVERTISEMENT

हेटौंडाबाट लामो तथा मध्यम दुरिको बिद्युतिय बस सन्चलन गरिने, विमानस्थल निर्माणको लागि पहल गर्ने, हेटौंडामा बजार क्षेत्रको सडक फराकिलो पारी चक्रपथ निर्माण गर्ने, हेटौंडामा प्रदेश विश्वविद्यालयको स्थापना तथा सन्चालन गर्ने, खेल्कुद क्षेत्रको विकास गर्न एक विद्यालय एक खेल शिक्षकको नितिगत ब्यवस्थाको लागि पहल गर्ने लगायतका कुरा प्रतिवद्धता पत्रमा समेटिएका छन् ।

त्यस्तै क्याम्पाडाडाको रंगशालालाई प्रादेशिक रंगशालाको रुपमा विकास गर्ने, नसर्ने रोगहरुको निशुल्क परिक्षण, बाझो जमिनको तथ्यांक संकलन गरी भुमि बैंक स्थापना गरेर उपयुक्त खेति प्रणालीको विकास गरिने उल्लेख गरिएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०७९ कार्तिक २४, १४ :४६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट