Techie IT
Hetauda Khabar

हेटौंडा अस्पताल पुगेर दिपक सिंहले भने- विरामीको सास्ती देख्दा दुखी छु, स्तरुन्नती गरेरै छोड्छु


नव निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राप्रपा केन्द्रिय सदस्य दिपक बहादुर सिंहले हेटौँडा अस्पतालको अनुगमन गरेका छन् ।

सोमबार उनि अस्पताल पुगेर विरामीहरुको अवस्था बुझ्दै अस्पतालको अवलोकन गरेका हुन् । उनले आफ्नो प्रमुख प्राथमिकता नै हेटौंडा अस्पतालको स्तरुन्नती गर्ने भएकाले सुरुमा अस्पतालको अवलोकन गरेको बताए ।

प्रदेश राजधानीको अस्पतालको सोचे अनुरुप विकास नभएको र विरामीले पाएको सास्ती देख्दा आफुलाई दुख लागेको उनले बताए ।

उनले अस्पतालको स्तरुन्नतीका लागि आफ्नो कार्यकाल भरि लागिपर्ने र सम्पूर्ण आवस्यक बजेटको प्रवन्ध मिलाउन पहल गर्ने बताए ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट