Techie IT
Hetauda Khabar

हेटौंडा अस्पतालका मेसुको गैरजिम्मेवारपूर्ण बिज्ञप्ति- भन्छन्- डाक्टरको अवधि सकियो, अस्पताललाई घाटा भो !


हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डाक्टर श्रीधर अर्यालले आयुर्वेद ओपिडी सेवा बन्द भएको विषयमा लज्जास्पद र गैरजिम्मेवारपूर्ण विज्ञप्ति निकालेका छन् ।

मेसुको ठाडो निर्देशनमा हेटौंडा अस्पतालको आयुर्वेद ओपिडी सेवा बन्द शिर्षकमा हेटौंडा खबरमा समाचार प्रकाशन भएपछी अस्पतालका निमित्त मेसु अर्यालले आयुर्वेद चिकित्सकको नियुक्ति सकिएकाले सेवा बन्द गरेको भन्दै लज्जास्पद विज्ञप्ति जारी गरेका छन् ।

समाचारको खण्डन गरिएको भन्दै बिज्ञप्तिमा उनले भनेका छन्, आयुर्वेद चिकित्सक राम अर्यालको नियुक्ति २०८० असार मसान्तमा सकिएको र उनले आयुर्वेद चिकित्सक भएर एलोपेथिक औषधि सिफारिस गरेकाले उनलाई स्पस्टिकरण सोधिएको हो ।

अस्पतालका निर्देशक भएर उनले गैरजिम्मेवारपूर्ण विज्ञप्ति निकालेका हुन् । शुक्रबार अचानक आयुर्वेद सेवा बन्द भएपछी बिरामी समस्यामा परेका थिए । बिना जानकारी मेसुको निर्देशनमा ओपिडी सेवा नै बन्द गरिएको थियो  । तर उनले शनिबार एक चिकित्सकको काम गर्ने समयावधि सकिएकाले उनलाई हटाइएको जनाएका छन् । किन ओपिडी सेवा नै बन्द गरिएको हो सो बारे उनले बिज्ञप्तिमा उल्लेख गरेका छैनन् ।

शुक्रबार अचानक ओपिडी सेवा बन्द भएपछी अस्पताल आएका बिरामीले टिकटसमेत काट्न पाएका थिएनन् । दैनिक ५० देखि ७० जनाको हाराहारीमा आयुर्वेद चिकित्साका लागि बिरामी हेटौंडा अस्पताल आउने गर्दछन् ।

यस विषयमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौडा अस्पताल सञ्चालन तथा ब्यबस्थापन समितिले भने आयुर्वेद ओपिडी सेवा बन्द भएकोबारे आफुलाई थाहा नै नभएको बताएको छ ।

समाचार प्रकाशित भएपछी मात्र आफुलाई जानकारी भएको, यस विषयमा समितिमा कुनै छलफल र निर्णय नभएको अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले बताए ।

‘समितिलाई कुनै जानकारी छैन संचारमाध्यममा आएपछि बल्ल हामीले थाहा पायौं, अस्पताल जस्तो ठाउँमा सेवा नै बन्द गर्नु राम्रो कुरा होईन,चिकित्सकका कारण अस्पतालको सेवा ठप्प पार्ने भन्ने हुदैन हामि यो विषयमा गम्भीर छौं, छलफल मै छौं’, उनले भने ।

बिरामी र आम नागरिकलाई नै कुनै जानकारी नदिई अकस्मात आयुर्वेद सेवा बन्द गरीपछी बिरामीले सेवा पाउनबाट बन्चित भएका छन् ।

उता अस्पतालका मेसुले भने चिकित्सकलाई दोष देखाउदै उनका कारण अस्पतालले आर्थिक क्षति बेहोर्नु परेको र बिमा बोर्डलाई स्पस्टिकरण दिनुपरेको जनाउदै गैरजिम्मेवारपूर्ण बिज्ञप्ति जारी गरेका छन् । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा एक चिकित्सकलाई कारण देखाउदै चलिरहेको ओपिडी सेवा नै बन्द गर्नुमा निर्देशकको मनोमानी देखिएको छ ।

सम्बन्धित चिकित्सक नभए ज्यालादारीमै भएपनि चिकित्सक नियुक्ति गरी सेवा संचालन गर्नु पर्नेमा मेसु अर्यालले आफ्नो एकल निर्देशनमा अस्पतालको सेवा नै बन्द गराएका छन् । यस विषयमा सम्बन्धित सबै निकायको ध्यान जान जरुरी देखिन्छ ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट