Techie IT
  • १७ माघ २०८२, शनिबार
Hetauda Khabar
  • १७ माघ २०८२, शनिबार

हेटौंडा आउँदै गरेको मोटरसाइकल ज्यामिरेमा दुर्घटना हुँदा २ जना गम्भीर घाइते


पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-९ ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

ADVERTISEMENT

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल ज्यामिरेमा बिग्रिएर रोकि राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ठोक्किदा दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

ADVERTISEMENT

उनका अनुसार घाइते हुनेहरुमा चालक मनहरी ९ बस्ने २२ वर्षीय शम्भु गिरी र मोटरसाइकलमा पछाडि सवार २१ वर्षीय सुशिल गिरी रहेका छन् ।

घाइते दुवैजनालाई उपचारको लागि चितवनको भरतपुर पठाइएको प्रहरीले जनाएको छ । ट्रक प्रहरीको नियन्त्रणमा र चालक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० साउन १४, २२ :०५ बजे
ट्याग : #जिल्ला प्रहरी कार्यालय मकवानपुर, #दुर्घटना, #हेटौंडा

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट