Techie IT
Hetauda Khabar

विरोध खतिवडाको आरोप- ‘ओलीले मलाई हराउन १० करोड खर्च पठाएका छन् रे’ (भिडिओ)


पुर्व स्वास्थ्यमन्त्री तथा लोकतान्त्रिक बाम गठबन्धनकातर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विरोध खतिवडाले आफूलाई निर्वाचनमा हराउनको लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नै लागिपरेको आरोप लगाएका छन् ।

अध्यक्ष माधव नेपाल र विरोध खतिवडालाई यो चुनावमा जसरी पनि हराउँनुपर्छ  र हराउनको लागि केही मानिसहरुमार्फत ओलीले १० करोड रुपैयाँ खर्च पठाएको उनले दावी गरेका छन् । आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा गठबन्धनको संयुक्त निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै उम्मेदवार खतिवडाले यस्तो आरोप लगाएका हुन् ।

उनले जनताले मत दिएर बनेको बामपन्थीको सरकार केपी ओलीकै कारण धरापमा परेको बताउदै उनले राष्ट्रपति र राष्ट्रपतिको कार्यालयलाई निजि सचिवालय बनाउने गरेका थिए भन्दै आलोचनासमेत गरे ।


क्याटेगोरी : भिडियो, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट