Techie IT
  • १६ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • १६ फागुन २०८२, शनिबार

हेटौंडा माछाप्लानको अतिक्रमित संरचना प्रहरीको सहयोग लिएर हटाउन सिडिओ कार्यालयको आदेश


तत्कालिन मत्स्य विकास केन्द्रको नाममा रहेको हेटौंडा उपमहानगरपालिका-५ स्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रको जग्गा अतिक्रमण गरेर बनाइएको संरचना हटाउन जिल्ला प्रशासन कार्यालयले आदेश दिइसकेको पाइएको छ ।

ADVERTISEMENT

गत जेठ १ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका सबै स्थानीय निकाय,सरकारी कार्यालय र सार्वजनिक सस्थानलाई सार्वजनिक जग्गा अतिक्रमणको विवरण पठाउन पत्राचार गरेको थियो । प्रशासनलाई प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रले दिएको विवरणमा करिव १३ बिघा भन्दा बढी जग्गा अतिक्रमण भएको खुलेको हो ।

ADVERTISEMENT

५९ हेक्टर क्षेत्रफ़लमा फैलिएको केन्द्रको जग्गा अतिक्रमण गरी व्यक्तीले घर टहरा बनाउने, होटल संचालन गर्ने र पिप्ले युवा क्लवले रंगशाला समेत बनाएको पाइएको छ । केन्द्रले प्रशासनलाई जग्गा अतिक्रमण गरेको जानकारी दिएपछी जिल्ला प्रशासन कार्यालयले अतिक्रमण गरी बनाइएको संरचना भत्काउन आदेश समेत दिएको छ ।

गत २५ जेठमा प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रलाई पत्र लेख्दै प्रशासनले प्रहरीको सहयोग लिएर अतिक्रमण गरिएको संरचना हटाउन आदेश दिएको हो । आदेशमा भनिएको छ “अतिक्रमित जग्गाहरु संरक्षण गर्ने सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा अतिक्रमित संरचना हटाउने व्यवस्था मिलाउन आदेशानुसारको अनुरोध छ” ।

ADVERTISEMENT

अतिक्रमित संरचना भने हालसम्म हटेको छैन । केन्द्रको जग्गा कति अतिक्रमण भएको हो भन्ने लिखित प्रमाण नापी कार्यालयबाट प्राप्त भएपछी संरचना हटाउन सुरु गरीने प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौंडा प्रमुख सरोज कुमार यादवले जानकारी दिएका छन् ।

हेटौंडाको माछाप्लानको नाममा रहेको १३ बिघा सरकारी जग्गा व्यक्ति र क्लबद्वारा अतिक्रमण


प्रकाशित मिति : मङ्लबार, २०८० साउन २, २१ :४६ बजे
ट्याग : #जिल्ला प्रहरी कार्यालय मकवानपुर, #मालपोत कार्यालय हेटौंडा, #सरकारी जग्गा अतिक्रमण, #हेटौंडा

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट