Techie IT
Hetauda Khabar

हेटौंडामा चक्कु प्रहारबाट एकजना घाइते


हेटौंडामा आपसी विवाद भएर चक्कु प्रहार हुँदा एकजना घाइते भएका छन् ।

हेटौंडा उपमहानगरपालिका २ स्थित मुख्यमन्त्रीको क्वाटर नजिक आज अपरान्ह भनाभनपछि हेटौंडा ५ सिँचाई टोल बस्ने अन्दाजी ३५ बर्षको दानिएल न्यौपानेमाथि चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार चक्कु हान्ने व्यक्ति फरार छन्, उनको खोजी भैरहेको छ ।

पैसाको लेनदेनका कारण साथिसाथी विच भनाभन भएपछी चक्कु प्रहार गरिएको प्रहरीले जनाएको छ । घाइते न्यौपानेको मकवानपुर सहकारी अस्पतालमा उपचार भैरहेको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर थापाले जानकारी दिएका छन् ।

उनका अनुसार घाइतेको कन्चट र पेटमा चोट लागेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट