Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडाको बजेट सर्वसम्मत पारित


हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट पास भएको छ ।

ADVERTISEMENT

शनिबार बसेको हेटौंडा उपमहानगरपालिकाको १३ औं नगरसभाको दोस्रो वैठकले आगामी आवको कुल २ अर्ब ६८ करोड ६० लाख १० हजार ८ सय रुपैयाँ बजेट पारित गरेको हो ।

ADVERTISEMENT

उपमहानगरपालिकाले गत असार २ गतेको नगरसभाले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र संघीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँबाट बेहोरिने गरी बजेट सार्वजनिक गरेको थियो ।

नगरसभाले आर्थिक विधेयक २०८० विनियोजन विधेयक २०८० सर्वसम्मतरुपमा पारित गरेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । उनका अनुसार नगरसभाले २०७९/०८० मा सम्पन्न भएको योजनाको अनुमोदन तथा अवकास प्राप्त कर्मचारीको उपदान, विदा तथा औषधी उपचार खर्च, न्यायिक समितिले गरेको कामको अनुमोदन, फरफासक समितिबाट भएका योजनाका कामको अनुमोदन, चालु आबमा सम्पन्न भइ भुक्तानीका लागि बाँकि रहेका योजनाको भुक्तानी दायीत्व सार्ने सर्वसम्म निर्णय गरेको छ । त्यस्तै संगठन सुद्रिढकरण तथा व्यवस्थापन प्रतिवेदन स्बिकृती गर्ने निर्णय समेत गरेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०८० असार १६, २१ :३३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट