Techie IT
Hetauda Khabar

मकवानपुरमा २ वटा ट्रक ठोक्किएर आगलागी, तीन जनाको जलेर मृत्यु २ जना गम्भीर


मकवानपुरमा दुइ वटा ट्रक एक आपसमा ठोकिएपछी आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । आज राति पौने २ पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–६ नयाबस्ती डिपाट गाउँमा दुइ वटा ट्रक ठोकिदा दुवै ट्रक जलेको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिए ।

हेटौडाबाट चितवन तर्फ जादै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख ६३१ नंम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुबै ट्रकमा आगलागी भएको हो ।

दुइवटा ट्रक ठोकिएर आफै जल्दा ट्रकमा सवार तीन जना बाहिर निस्कन नसकेर ट्रकसंगै जलेर मृत्यु भएको छ ।
ट्रकमा जलेका तीन जनाको पुरै शव जलेपछी टुक्राहरु मात्र फेला परेको र शवका टुक्राहरु हेटौंडा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्युहुनेहरुमा ना ६ ख ६६६७ नम्बरको ट्रक चालक जिल्ला चितवन राप्ति नगरपालिका–८ बस्ने २८ वर्षिय रिहान रुम्बा तामाङ, सोही ट्रकको सहचालक गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नम्बर–२ गोर्दीटार बस्ने २१ वर्षिय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रक सहचालक मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–३ बस्ने २० वर्षिय अमृत प्रजा रहेको प्रहरी नायब उपरिक्षक कार्कीले जानकारी दिए ।

ट्रकका चालक र अर्का एक जना घाइतेको भनाइ अनुसार पनि दुइ वटा ट्रकमा गरी पाँच जना सवार रहेको बताएका छन् । सवका साना टुक्राहरु मात्र हुँदा चिन्न सकिने र कती जना थिए भन्ने यकीन गर्न गारो भएकाले घाइतेहरुको भनाइलाई आधार मान्दा तीन जना ट्रकमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकमा सवार दुइजना गम्भिर घाइते भएका छन् । ट्रकमा सवार चितवन राप्ति नगरपालिका वडा नम्बर–३ बस्ने वर्षिय ३५ बिबेक तामाङ, ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–३ बस्ने ३२ वर्षिय अर्जुन कुमार प्रजा गम्भिर घाइते भएका हुन् । उनीहरुको उपचारका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट