Techie IT
Hetauda Khabar

हेटौंडामा सूर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाइने


हेटौंडा उपमहानगरपालिकाले सूर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाउने भएको छ ।

शनिबार हेटौंडामा भएको उपमहानगरपालिकाको १३ औं नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षबाट नगरको भित्र सूर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हो ।

उपमहानगरका प्रवक्ता सविन न्यौपानेका अनुसार सूर्तीजन्य पदार्थ विक्रीवितरणमा रोक लगाउने निर्णय भएपनि कार्यान्वयका लागि कार्यविधि निर्माण हुने बताए ।

‘कार्यविधि निर्माण गरेर निर्णय कार्यान्वयनको बाटोमा हामी अगाडि बढछौं ।’, उनले भने ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट