Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौंडामा मतदाता झुक्याउदै ‘लौरो अभियान’, निर्वाचन आचारसंहिताको उल्लङ्घन

दलका उम्मेदवारले स्वतन्त्र हुँ भन्दै मत माग्दै


हाम्रो नेपाली पार्टीको तर्फबाट मकवानपुर क्षेत्र-१ प्रतिनिधिसभाका उम्मेदवार दिपेन्द्र चन्द ठकुरीलगायतका उम्मेदवारले निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै मतदातालाई भ्रम छर्ने काम गरेका छन् ।

ADVERTISEMENT

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले आगामी मंसिर ४ गते हुने निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने गरी, आफ्नो दलीय आवद्धता स्पष्ट नगरी आम मतदाता भ्रमित बनाइ स्वतन्त्र उम्मेदवार हुँ भन्दै आचारसंहिता उल्लङ्घन गर्दै प्रचार गरीरहेका छन् ।

ADVERTISEMENT

सामाजिक सञ्जालमा र घरदैलो प्रचारप्रसार गर्दा प्रचलित निर्वाचन कानूनको उल्लंघन गर्दै  ‘लौरो अभियान’को नाममा मतदातालाई झुक्याइरहेका छन् । आफु स्वतन्त्र भएको र ‘कुनै दलको मान्छे हामी होईनौ’ भन्दै प्रचार गरिरहेका छन् जुन निर्वाचन आचारसंहिताको विपरित हो ।

निर्वाचन आयोगले उक्त दल र दलका उम्मेदवारले स्वतन्त्रको लौरो अभियान भनी प्रचारप्रसार गरेको विषयमा यसघिनै पत्राचार गरिसकेको थियो । तर कानुन विपरित मकवानपुरका उम्मेदवारहरुले मतदातालाई झुक्याउने गरिरहेका छन् ।

ADVERTISEMENT

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ञ) मा ‘सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने र खण्ड (ठ) मा सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने भन्ने व्यवस्था छ ।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम निर्वाचन आचारसंहिता बनाई असोज १२ गतेदेखि लागू गरिसकेको छ । तर यसको बर्खिलाप गर्दै उम्मेदवार दिपेन्द्र चन्द ठकुरीले शनिबार हेटौंडामा हिमालय टेलिभिजनले आयोजना गरेको बहस कार्यक्रममा पत्रकार र अन्य राजनैतिक दललाई गम्भीर आरोप लगाएका थिए उनले उक्त कार्यक्रममा अपमान जनक व्यवहार गर्दै भ्रामक टिप्पणी गरेका थिए ।


प्रकाशित मिति : आइतवार, २०७९ कार्तिक २०, १५ :५५ बजे
ट्याग : #आचारसंहिता, #आमनिर्वाचन, #उम्मेदवार, #मकवानपुर

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट