Techie IT
Hetauda Khabar

मकवानपुर गोल्डकप सुरु, सिमरालाई हराउदै हेटौंडाको बिजयी सुरुवात


आजदेखि मकवानपुरको हेटौंडामा पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ सुरु भएको छ ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा खेलको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले उद्घाटन गरिन् । आज भएको उद्घाटन खेलमा नवजनजागृति युवा क्लब सिमरालाई हराउदै घरेलु टोली मकवानपुर-११ ले बिजयी सुरुवात गरेको छ ।

२–० गोलअन्तरले सिमरालाई पराजित गर्दै मकवानपुर अन्तिम आठमा स्थान बनाउन सफल भएको हो । मकवानपुरकोे जितमा प्रितम स्याङ्बोले १२ र फागुराम चौधरीले ३९ औं मिनेटमा गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच मकवानपुरका विदेशी खेलाडी एल्यु घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

आजदेखि सुरुभएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको आयोजक मकवानपुर फुटबल संघले जनाएको छ । खेलको फाइनल फागुन १० गते हुनेछ भने खेलको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै आइतबार सातादोबाटो र एपीएफ क्लबबीच खेल हुने आयोजकले जनाएको छ  ।


क्याटेगोरी : खेलकुद, मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट