Techie IT
  • १२ वैशाख २०८३, शनिबार
Hetauda Khabar
  • १२ वैशाख २०८३, शनिबार

मनहरी गाउँपालिकाका कर्मचारी नै पाडी ब्यापारी ! आफ्नै बुवाको फर्मबाट ४२ वटा खरिद


मनहरी गाउँपालिकाले खरिद गरेको पाडी मध्य ४२ वटा पाडी आफ्नै पालिकाका कर्मचारीको फर्मबाट खरिद गरिएको पाइएको छ ।

ADVERTISEMENT

गत असारमा विभिन्न कोटेशन आव्हान गरी पटक-पटक गरी पालिकाले १ सय ८ वटा पाडी खरिद गरी स्थानीयलाई दिएको थियो ।

ADVERTISEMENT

सार्वजनिक खरिद ऐन विपरित पाडी खरिद गरिएको र निकै सानासाना पाडी महँगोमा खरिद गरिएको भन्दै यसको चौतर्फी विरोधसमेत भैरहेको छ ।

पालिकाको गत असार ८ गतेको निर्णयले विपन्न परिवारलाई भन्दै ८३ वटा पाडी वितरण गर्ने निर्णय गरको थियो । जस अन्तर्गत वडा नम्बर १ र ४ का ८३ घर परिवारलाई पाडी वितरणका लागी एकै प्रकृतिका २ वटा कोटेसन आह्वान गरीएकोे थियो ।

ADVERTISEMENT

पालिकाले एउटा पाडीको २३ हजार ५ सयका दरले मनहरीकै वडा नम्बर ९ स्थित ज्यामीरेको विमला कृषि केन्द्र प्रा.लि सँग ९ लाख ६३ हजार ५ सयमा ४१ वटा र चितवन को राप्ती नगरपालिका २ स्थित गड्यौलीको हरी ओम एग्रो पोल्ट्री प्राईभेट लिमीटेडसँग ९ लाख ८७ हजारमा ४२ गरी ८३ वटा पाडी खरिद गरको थियो । यो दुई फर्म मध्य गड्यौलीको हरी ओम एग्रो पोल्ट्री प्राईभेट लिमीटेड पालिकाकै कर्मचारीको रहेको खुलेको छ ।

यो फर्म पालिकाका पशु विकास शाखाका पशु विकास अधिकृत डाक्टर सरोज ओझाको रहेको खुलेको हो। चितवन को राप्ती नगरपालिका २ स्थित गड्यौलीमा रहेको उक्त फर्म उनको बुवाले संचालन गर्दै आइरहेका छन् । ओझाले आफ्नै बुवाको फर्मबाट २३ हजार ५०० को दरले ४२ वटा पाडी पालिकालाई बेचेका हुन्।

यो विषयमा पशु विकास अधिकृत डाक्टर ओझाले फर्म आफ्नो बुवाको भएको बताएका छन् भने उक्त फर्मबाट पाडी खरिद गरिएको बारे आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

पालिकाको कोटेशन अनुसार ६० देखि ८० किलो तौल सम्मको पाडी भनिएता पनि निकै साना-साना पाडी बाढीएका छन् । अर्को तर्फ नश्ल प्रमाणित तथा कुनै परिक्षण र अनुगमन बिनै साना-साना पाडी किसानलाई दिइएको छ ।

पाडी दिएपछी सम्बन्धित वडाले किसान संग ३ हजार ५ सय ४० का दरले रकम उठाएको समेत बुझिएको छ । पाडी खरिदमा पालिकाले अनियमितता गरेको आशंका गरिएको छ ।

मनहरी गाउँपालिकाको मनलाग्दी, नियमविपरित र महङ्गोमा पाडी खरिद


प्रकाशित मिति : आइतवार, २०८० भदौ २४, ११ :३३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट