Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडाका स्कुले बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप फैलियो, छैन सावधानी


हेटौंडाका स्कुले बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ। करिब एक सातायता यसले प्रकोपको रूप लिएको हो।

ADVERTISEMENT

यो संक्रमण विशेष गरेर हेटौंडा र आसपासका क्षेत्रका बालबालिकामा तीव्र गतिमा फैलिइरहेको छ। विद्यालय, आँखा अस्पताल लगायत भीडभाड धेरै हुने सार्वजनिकस्थल यसको प्रमुख स्रोत बनेका छन्।

ADVERTISEMENT

पछिल्ला केही दिनयता आँखा पाक्ने रोग अर्थात् एक्युट कन्जन्टिभाइटिसबाट बालबालिका बढी प्रभावित भएका छन् । चिकित्सकका अनुसार सरुवा रोग भएकाले आँखाको संक्रमण एकबाट अर्कोमा चाँडो सर्छ।

पढ्नलाई विद्यालय जाने बालबालिकादेखि उपचारका लागि अस्पताल पुग्नेहरूबाट समुदायस्तरमै संक्रमण फैलिइरहेको छ। तर, यसको रोकथामका लागि कुनै उपाय अवलम्बन गरिएको छैन।

ADVERTISEMENT

विद्यालयदेखि सरकारसम्म मौन छन्। मानव शरीरको महत्वपूर्ण अंगमध्येको आँखा जोगाउन अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जनचेतामूलक कार्यक्रम सञ्चालन गरिएको छैन। अनियन्त्रित बनेको संक्रमण फैलन नदिन सतर्कता अपनाइएको छैन।

चिकित्सकका अनुसार एक्युट कन्जन्टिभाइटिस संक्रमण सामान्यतः ७ देखि १० दिनसम्म रहन्छ । तर, कसैकसैमा भने जटिल बनेर आँखाको कोर्नियामा समेत असर गर्न सक्छ । त्यसैले संक्रमण देखिनासाथ उपचार प्रक्रियामा जानुपर्ने चिकित्सकले बताएका छन् ।

यस्तो संक्रमण हुँदा आँखा गुलाफी वा रातो देखिने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिन्छ । बिरामीको परेला सुन्निने, आखाँमा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिन सक्छ ।


प्रकाशित मिति : बिहिबार, २०८० साउन १८, २२ :२४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट