Techie IT
Hetauda Khabar

हेटौंडामा प्रहरीको गाडीले ठक्कर दिएपछि तनाब, प्रहरी भन्छ गाडी प्रहरी कार्यालयमा छ


हेटौंडामा प्रहरीको गाडीले एकैसाथ ४ मोटरसाइकललाई ठक्कर दिएपछी बुद्धचोक तनावग्रस्त बनेको छ । केहि समय अघि बुद्धचोक नजिक प्रहरीको गाडीले मोटरसाइकललाई एकसाथ ठक्कर दिएर चौकीटोल तर्फ भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीको गाडीले ४ मोटरसाइकललाई ठक्कर दिएपछि अहिले स्थानीय सडकमा उत्रिएका छन् उनीहरुले नाराबाजी गरिरहेका छन् ।

प्रहरीका अनुसार गाडीको ठक्करबाट २ जना घाइते भएका छन् । एक जनालाई उपचारकोलागी हेटौडा अस्पताल र अर्कालाई हेटौडा मोडल अस्पताल लागिएको छ । ठक्कर दिने गाडी जिल्ला प्रहरी कार्यालयमा रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेकको बुझिएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट