Techie IT
  • १७ माघ २०८२, शनिबार
Hetauda Khabar
  • १७ माघ २०८२, शनिबार

सुकुम्बासी समस्याको समाधान मेरो मुख्य प्राथमिकता हो–महेश बर्तौला


मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार तथा एमाले बागमती प्रदेस उपसचिव महेश कुमार बर्तौलाले सुकुम्बासी समस्याको समाधान आफ्नो मुख्य प्राथमिकता रहेको बताउनु भएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११, सिमल्टारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले, बषौंदेखिका सुकुम्वासीका समस्या समाधान थाल्नका लागि आफुले काम गरेर देखाउने बताउनुभयो । जनताले आवस्यक पर्दा पिर, मर्का र दुखमा सदैभ जनतासंगै रहने प्रतिवद्धता जनाउँदै उहाँले भन्नुभयो–‘समग्र युवाहरुले जिम्मेवारी पाउँदा काम गर्न सक्छन् भन्ने प्रमाणित गर्न पनि असाधारण काम गरिने योजना बनाएको छु ।

ADVERTISEMENT

सिमल्टारबासिको अघिल्तिर राप्ती भए पनि पिउने पानी अभाव छ । सिमल्टार लगायत मेरो निर्वाचन क्षेत्रभरको यस्तो खाल्को समस्या समाधान गर्ने गरि काम गर्छु’, ।
भ्रस्टाचारलाई अन्त्य गर्ने गरि र सुसासन कायम गर्ने गरि काम गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०७९ कार्तिक ३, १५ :२२ बजे
ट्याग : #आमनिर्वाचन, #चुनाव, #निर्वाचन, #नेकपा एमाले, #प्रतिनिधिसभा, #मकवानपुर, #महेश बर्तौला, #हेटौंडा

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट