Techie IT
Hetauda Khabar

हेटौंडामा ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण, हवल्दार देवकोटा घाइते


हेटौंडामा ड्युटीमा खटिएका प्रहरी कुटिएका छन् । शनिबार राती हेटौंडा-१८ जलारी भन्ने स्थानमा दुर्घटना भएको खबर प्राप्त भएपछी पुगेका प्रहरी चौकी ठुलोदमारका प्रहरी हवल्दार देवी प्रसाद देवकोटा कुटिएका हुन् ।

दुर्घटनाबारे बुज्न खोज्दा स्थानीय जित बहादुर अधिकारी र उनको समुहले हवल्दार देवकोटामाथि आक्रमण गरेका हुन् । उनको आक्रमणबाट हवल्दार देवकोटा घाइते भएका छन् उनको मुखमा चोट लागेको छ ।

जलारीमा एक मोटरसाइकलले साइकल यात्रुलाई ठक्कर दिएपछी घटना बारे बुज्दा ठक्कर दिने चालक र मोटरसाइकल स्थानीयले लुकाएपछी प्रहरीले खोजतलास गरेको थियो । घटना बारे थप बुज्न खोज्दा मादक पदार्थ सेवन गरेका जित बहादुरले ड्युटीमा खटिएका प्रहरीमाथि जाइलागेका थिए ।

प्रहरीलाई आक्रमण गरेपछि उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा भएका उनले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको भान्जा हुँ, एक घन्टामा छुट्छु भन्दै चुनौती दिएका थिए । प्रहरीले नियन्त्रणमा लिएको उनलाई आइतबार बिहान हेटौंडा-१८ का वडाध्यक्ष अनिल बानियाँको रोहबरमा छोडेको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट