Techie IT
Hetauda Khabar

चितवनबाट हेटौंडा आइरहेको बस दुर्घटना, १४ जना घाइते


चितवनबाट हेटौंडातर्फ आइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

ना ७ ख १३२६ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गतको मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित नयाबस्ती भन्ने स्थानमा अनियन्त्रित भएर २५ फिट तल बारीमा पल्टिएको हो।

दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेसबैको उद्दार गरी भरतपुर उपचारको लागि पठाईएको प्रहरीले जनाएको छ । थप विवरण आउँन बाकी छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट