Techie IT
  • १७ माघ २०८२, शनिबार
Hetauda Khabar
  • १७ माघ २०८२, शनिबार

हेटौंडामा सूचना प्रविधि मेला सुपर फ्लप, ‘क्यान’ र ‘म्यान’को किन भएन सहकार्य ?


हेटौंडामा सूचना प्रविधि मेला जारी छ ।

ADVERTISEMENT

कम्प्युटर एशोसिएशन नेपाल महासंघ मकवानपुर (क्यान मकवानपुर) को आयोजनामा प्रदेश स्तरीय क्यान इन्फो–टेक (सूचना प्रविधि) मेला हेटौंडाको रोयल पार्टी प्यालेसमा चलिरहेको छ । क्यान इन्फो–टेक अर्थात सूचना प्रविधि मेला सुचना र प्रविधिको कुम्भ मेला हो । तर प्रदेश स्तारिय भनिएको हेटौंडाको मेला भने ‘सुपर फ्लप’ भएको छ । फ्लप यस अर्थमा कि पार्टी प्यालेसको बन्द कोठा भित्र राखिएको क्यानको मेला हेर्ने मानिसको ठुलै अभाव भयो । बिहिबारदेखि सुरु भएको मेलामा ३६ वटा स्टल छन् । राखिएका स्टल अवलोकनकर्ता अडिएर हेर्ने र बुझ्ने स्टल कुनै पनि छैन कतिपय स्टल त खाली-खाली छन् ।

ADVERTISEMENT

आयोजक क्यान मकवानपुरको कमजोर तयारी र समन्वय अभावका कारण प्रदेश राजधानीमा जारी सूचना प्रविधि मेला नाम मात्रको मेला बनेको छ।

सूचना, प्रविधि र मनोरञ्जनको क्षेत्रमा जनचेतना अभिवृद्धि गर्दै प्रविधिमैत्री जनशक्ति निर्माण र आइटी क्षेत्रको नयाँ प्रविधिलाई उजागर गर्ने उद्देश्यले क्यानले मेला आयोजना गर्ने गर्छ तर हेटौंडामा भने क्यान असफल भएको छ ।

ADVERTISEMENT

हेटौंडामा भएको सूचना प्रविधि मेला क्यान इन्फोटेक कर्मकाण्ड पूरा गर्नको लागि मात्रै आयोजना गरिएको देखिएको छ । धेरै वर्षदेखि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी हुने भनि अपेक्षा गरिएको मेलामा प्रिन्टर र केहि अन्य सामान भन्दा अन्य कुनै नयाँ प्रविधिको प्रदर्शनी देखिएको छैन।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यका साथ क्यान इन्फोटेक आयोजना हुँदै आएको छ, तर यहाँका अवलोकनकर्ताले सूचना प्रविधि मेलामा केही पाएनन् ।

मोबाइल र एसोसिरिज शुन्य 

सूचना प्रविधि भन्ने बितीकै सुरुमा मोबाइल आउने गर्छ । अहिले मोबाइल मानिसको यति नजिकको साथी बनेको छ, कि उ बिना मानिस सहजै समय कटाउन सक्दैन । पछिल्लो समय मोबाइलमा पनि नयाँ नयाँ प्रविधिको विकासले एउटा सिंगो कम्युटरनै मोबाइल बनेको छ । तर क्यान मकवानपुरले मेलामा मोबाइल बजारलाई समेट्न सकेन । मेलामा मोबाइल र एसोसिरिज समेट्न नसक्नु क्यान असफल हुनुको प्रमुख कारण भएको जानकारहरु बताउछन् ।

मेलामा मोबाइलको पनि प्रदर्शनीका लागि मोबाइल एसोसिएसनलाई क्यान मकवानपुरले समेट्न खोजेको क्यान बागमती प्रदेशका संयोजक पुष्पराज पुडासैनी बताउछन् । उनका अनुसार मोबाइल व्यवसायी स्टल राख्न अनिच्छुक रहे ।

उता मोबाइल एसोसिएसन अफ नेपाल (म्यान) मकवानपुरले  २०८० सालमा छुट्टै मोबाइलकै मात्र एक्स्पो गर्ने तयारीमा छ । केही दिन अगाडी भएको औद्योगिक ब्यापार मेलामा स्टल राखेका मोबाइल व्यवसायी घाटामा गएकाले पनि क्यान मेलामा स्टल राख्न हच्किएको मोबाइल एसोसियसन नेपाल मकवानपुरका अध्यक्ष नवराज चौलागाईंले बताए ।

उनका अनुसार क्यानले आफुहरुलाई स्टल राख्नका लागि अन्तिम समयमा आग्रह गरेको र मोबाइल एसोसियसनलाई सुचना प्रविधि मेलामा त्यति चासोका साथ् नहेरेकाले पनि मोबाइलको प्रदर्शनीका लागि आफुहरु इच्छुक नभएको उनको भनाइ छ ।

 


प्रकाशित मिति : आइतवार, २०७९ चैत्र ५, २२ :५४ बजे
ट्याग : #कम्प्युटर एसोसिएसन, #क्याम मेला, #मकवानपुर, #सूचना प्रविधि

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट