Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

नेविसंघ मकवानपुरमा विवाद चर्कदै, आधिकारिक अध्यक्ष को ?

नेविसंघ अध्यक्ष दुजाङलाई बर्खास्त गर्न देउवालाई मकवानपुर सभापति लामाको पत्र


नेपाल विद्यार्थी संघ मकवानपुरमा विवाद चर्किदै गएको छ। जिल्लामा आधिकारिक अध्यक्ष को हो भन्ने विषयको विवाद बढ्दै गएको हो । विवाद चुलिदै जाँदा नेपाली कांग्रेस मकवानपुरले नेविसंघका केन्द्रिय अध्यक्षलाई नै बर्खास्त गर्न माग गरेको छ ।

ADVERTISEMENT

जिल्ला सभापति बुद्ध लामाले आज कांग्रेस सभापति शेर बहादुर देउवालाई पत्र पठाउँदै नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गरेका हुन्।

ADVERTISEMENT

लामाले नेविसंघ मकवानपुर अध्यक्ष भिषण ठकुरीलाई तोकिएकोप्रति आपत्ति जनाएका छन् ।

गत १९ फागुनमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पालले मकवानपुर अध्यक्षको जिम्मेवारी ठकुरीलाई दिइएको भन्दै विज्ञप्ति निकालेका थिए । उनलाई संघको विधान २०२७ को सातौँ संसोधन २०७५ अनुसार जिम्मेवारी दिइएको जनाइएको थियो ।

ADVERTISEMENT

तर यता कांग्रेस मकवानपुरले भने गत माघ २८ गते पार्टी कार्यालयमा भएको विद्यार्थी भेलाले नेविसंघ अध्यक्षमा सुबास सापकोटालाई चयन गरेको भन्दै आधिकारिक अध्यक्ष सापकोटा नै भएको जनाएको छ ।

कांग्रेस सभापति लामाले केन्द्रीय सभापती देउवालाई पठाएको पत्रमा भनिएको छ,’ ‘नेपाली कांग्रेस मकवानपुरले सर्वसम्मत सिफारिस गरेको नेविसंघ मकवानपुरका अध्यक्ष सुवास सापकोटा नै आधिकारिक अध्यक्ष रहेको स्मरण गराउँदै नेविसंघ मकवानपुरलाई कमजोर बनाउने भूमिकामा लागेका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई तत्काल बर्खास्त गर्न अनुरोध छ,’।

नेविसंघ मकवानपुरले सभापति अध्यक्ष सुवास सापकोटाको नेतृत्वमा स्ववियु निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको र पार्टीका तर्फबाट सहसचिव इन्दिरा न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय स्ववियु परिचालन समितिसमेत गठन गरिएको पत्रमा उल्लेख छ।

‘हाल आएर नेविसंघ केन्द्रीय अध्यक्ष शेर्पाले कांग्रेस कार्यसमितिले सिफारिस गरेको अध्यक्षसमित कार्यसमितिलाई बर्खिलाप गरी स्ववियु चुनावमा नेविसंघलाई असफल बनाउने भूमिका साथ मकवानपुरमा नेविसंघ साधारण सदस्यसमेत नरहेका व्यक्तिलाई अध्यक्ष बनाइएको देखिएकोले गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रमा भनिएको छ।

उता पुनः नेविसंघ अध्यक्ष शेर्पाले आजै विज्ञप्ति निकालेर भिषण ठकुरी नेतृत्वको जिल्ला कार्यसमितिबाहेक अरू कुनै पनि कार्यसमिति अस्तित्वमा नरहेको उल्लेख गरेका छन्।


प्रकाशित मिति : बुधबार, २०७९ फाल्गुन २४, १५ :५१ बजे
ट्याग : #नेपाली कांग्रेस, #नेविसंघ, #बुद्ध लामा, #भिषण ठकुरी, #मकवानपुर, #सुवास सापकोटा

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट