मकवानपुर गोल्डकप- यसपालीको बुलेट बाइक मनाङका दिप कार्कीलाई
![](https://www.hetaudakhabar.com/wp-content/uploads/2023/02/bulet.jpg)
हेटौंडामा भएको पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को सर्वोत्कृष्ट खेलाडी मनाङ मर्स्याङदी क्लबका कप्तान तथा गोलकिपर दीप कार्की घोषित भएका छन् । उनले गोल्डकपको आकर्षक विधाको रुपमा रहेको बुलेट बाइक प्राप्त गरेका छन् ।
हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको बुलेट मोटरसाइकल प्रिन्सीपल पुरनबहादुर जोशीले कार्कीलाई हस्तान्तरण गरेका थिए । बुधबार हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनल खेलमा हिमालयन शेर्पालाई १–० गोलअन्तरले पराजित गर्दै मनाङ च्याम्पियन भएको हो ।
खेलको उत्कृष्ट डिफेन्डर हिमालयन शेर्पाका अमित श्रेष्ठ , मिडफिल्डर मनाङका कमल थापा, फरवार्ड हिमालयन शेर्पाका योउमी र प्रशिक्षकमा मनाङका किरन श्रेष्ठ उत्कृष्ट घोषित भएका थिए । उनीहरुलाई ट्रफि सहित जनही २५–२५ हजार नगद प्रदान गरिएको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार, स्थानिय
प्रतिक्रिया