Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

बागमती प्रदेश सरकार असफल भयो : एमाले


हेटौंडा, २५ माघ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले बागमती सरकार असफल रहेको बताएको छ । गठबन्धन सरकारले काम गर्न नसकेको भन्दै जनताले समेत औला ठडाउने समय आएको बताएको छ ।

ADVERTISEMENT

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बिहीवार पत्रकार सम्मेलन गर्दै जारी गरेको विज्ञप्तिमा चार महिनादेखि स्थगित रहेको प्रदेशसभा अधिवेशन तत्काल बोलाउन माग गरिएको छ । विज्ञप्तिमा वर्षे अधिवेशन सकिएर हिँउदे अधिवेशन नबोलाउँदा प्रदेश सरकारको काम कारवाही प्रभावित भएको उल्लेख गरिएको छ ।

ADVERTISEMENT

“गत असोज २२ गते दुईवटा विधेयक पास गरेपछि स्थगित भएको प्रदेश सभाको बैठक चार महिना पुरा भइसक्दा पनि बस्न सकेको छैन। हिउँद सकिन लाग्यो तर प्रदेश सरकारले हिउँदे अधिवेशन आह्वानको निर्णय गर्न चाहिरहेको छैन । पहिलो कार्याकालमा ४३ वटा मूल ऐन बनाएको प्रदेश सभाको दोस्री कार्यकालको गति हेर्दा एकतिहाइ काम पनि गर्नसक्ने अवस्था छैन । प्रदेश सरकार सञ्चालन गर्न कम्तिमा पनि सयवटा ऐनहरु आवश्यक पर्ने पहिचान भएकोमा हासम्म ४६ वटा मात्र ऐन बनेको छ । तर सरकार बिजनेस छैन भनेर र विपक्षीलाई दोष दिएर बसेको छ । दोस्रो कार्यकालको एकवर्ष बिति सक्दा प्रदेश सभाको जम्मा ५६ वटा मात्र बैठक बसेको छ ।” विज्ञप्तिमा भनिएको छ ।

एमालेले प्रदेश सरकारको काम कारवाही असन्तोषजनक रहेको आरोप लगाएको छ। विशेषगरी बजेट खर्च, कृषि क्षेत्र र विकास निर्माणको क्षेत्रमा सरकार असफल भएको आरोप लगाएको हो। “आर्थिकवर्षको दोस्रो चौमासिक पूरा हुनलाग्दा पनि हालसम्म ९ प्रतिशत मात्र विकास बजेट खर्च गरेको सरकारबाट जनताका अपेक्षाहरु पूरा हुनैसक्दैनन् भन्ने हाम्रो ठम्याइ छ ।” विज्ञप्तिमा उल्लेख छ ।

ADVERTISEMENT

एमालेले विपक्षी दलका सवाल र मागलाई सम्बोधन नगरेको भन्दै अधिवेशन बोलाउन दबाब दिएको छ। समतामूलक विकासका लागि नेकपा एमालेले माग गरेका योजनाहरु आवश्यक नीति बनाएर कार्यान्वयन गर्नुको साटो अख्तियारको पत्र देखाएर पन्छने तर रकमान्तर गरेर जथाभावी रुपमा गठबन्धनकारी सरकारका केहि प्रभावशाली मानिने मन्त्रीहरु र तिनका आसेपासेलाई मात्र बजेट बाढिरहेको पाइएको छ । विज्ञप्तिमा भनिएको छ ।” सरकारले संसदमा पटक पटक माननीयहरुले उठाएका सवालहरु, आफैले गरेका प्रतिवद्धताहरु, प्रमुख प्रतिपक्षि र विपक्षि दलहरुले उठाएका आवाजहरु समेतलाई सम्बोधन गरेको छैन ।
साथै, संसदिय दलको सभापति चयन, कृषि अनुदान लगायतका विषयमा पनि ध्यान दिन माग गरेको छ ।”


प्रकाशित मिति : बिहिबार, २०८० माघ २५, २० :३७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट