Techie IT
Hetauda Khabar

मकवानपुरको थाहामा चितुवाको आक्रमणबाट २ जना घाइते


हेटौंडा, ३ फागुन । मकवानपुरको थाहा नगरपालिकामा चितुवाको आक्रमणबाट दुईजना घाइते भएका छन् । दुई जनालाई घाइते बनाएको चितुवा भने मृत फेला परेको छ ।

थाहा नगरपालिका–२, अंगारेमा बुधबार साँझ चितुवाको आक्रमणबाट ६६ वर्षीय हेमन्तकुमार ढकाल र ६० वर्षीया सावित्रीदेवी ढकाल घाइते भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

ढकाल दम्पतीलाई उपचारको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ । हेमन्तको शरीरमा धेरै घाउ रहेको छ ।

ढकाल दम्पती घाइते बनाएपछि भाग्ने क्रममा चितुवा छिमेकी जगन्नाथ ढकालको घरको सेप्टिक टंयाकीमा परेसंगै घाइते भएको थियो । सेप्टिक टंयाकीबाट चितुवालाई निकालिएको छ । डिभिजन वन कार्यालय पालुङको टोली आएर अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जानकारी दिएको हो ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट