Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

बाघको आक्रमणबाट मकवानपुरको बकैयामा १९ बाख्रा मरे


हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा बाघको आक्रमणबाट १९ वटा बाख्रा र खसी मरेका छ्न् ।

ADVERTISEMENT

बकैया गाउँपालिका-६ स्थित सुधामा बाघको आक्रमणबाट स्थानीय कृषकका १९ वटा बाख्रा र खसी मरेको वडाध्यक्ष फूलमान भोम्जनले बताए । जसबाट लाखौं रूपैयाँ बराबरको नोक्सान क्षति भएको छ ।

ADVERTISEMENT

आइतबार घर नजिकै पाखामा चराउन छोडेको स्थानीय तीन कृषकका १९ वटा खसीबाख्रा बाघले मरेको हो ।

वडाध्यक्ष भोम्जनका अनुसार स्थानीय डम्बरबहादुर बोम्जनका ११ वटा, कान्छिमाया भोम्जनको ५ र गंगाराज भोम्जनको ३ वटा बाख्रा बाघले मारेको अवस्थामा फेला परेको हो ।

ADVERTISEMENT

बाघको आक्रमणबाट हालसम्म मानवीय क्षति भने नभएको तर साँझ परेपछि ओहोरदोहोर गर्न त्रास भएको भोम्जनको भनाइ छ ।

गत वर्ष पनि बाघले पशु मारेको उनले जानकारी दिए । दैनिक जीवन गुजाराका लागि वर्षौँदेखि पाल्दै आएका खसी बाख्रा बाघले मारिदिँदा स्थानीय चिन्तित बन्नुका साथै त्रसित भएका छन् ।


प्रकाशित मिति : सोमवार, २०८० माघ २९, २० :५३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट