Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशको मतदान स्थल भुटनदेवी मावि तोकियो


हेटौंडा । आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्येक प्रदेशमा एक–एक वटा मतदानस्थल र सोही मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ।

ADVERTISEMENT

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बागमती प्रदेशका लागि यो पटकको निर्वाचनमा पनि पुनः श्री भुटनदेवी मावि प्राविधिक शिक्षालय, ब्लक ुएफु प्राविधिक भवन, हेटौडा, मकवानपुर, तोकेको छ । त्यस्तै कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेस प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको छ।

ADVERTISEMENT

तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहनेछन्। तोकिएका मतदान केन्द्रमा माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ।

मतदान केन्द्रको विवरण वेबसाइटमा समेत प्रकाशन गरिएको आयोगले जनाएको छ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० पुस ६, ०८ :३१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट