Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

आजबाट हेटौंडा–काठमाडौँ जोड्ने महालक्ष्मीखोला–सतुङ्गल सडकखण्ड एक महिनाका लागि बन्द


हेटौँडा । हेटौँडालाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक एक महिनाका लागि बन्द हुने भएको छ ।

ADVERTISEMENT

मकवानपुर र काठमाडौँको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले आज बिहीबारबाट एक महिनाका लागि सवारी आवागमन बन्द गर्न लागिएको हो ।

ADVERTISEMENT

इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दूतराज तितुङले सडक खण्डको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेको निर्धारित समय सीमाभित्र सडक निर्माण कार्य पूरा गर्न सवारी आवागमन बन्द गरिएको बताए ।

हेटौँडा–काठमाडौँ आवत–जावत गर्ने सुमो लगायतका साना सवारीका साधनको चाप अधिक हुँदा काममा अवरोध पुग्ने भन्दै उनले सडक स्तरोन्नति कार्य निर्धारित समय सीमाभित्र सम्पन्न गर्न बिहीबारबाट आगामी पुस २१ गतेसम्मका लागि सवारी साधन आवतजावत बन्द गर्न लागिएको हो ।

ADVERTISEMENT

उनले काठमाडौँतर्फ मोडहरूमा ढलान कार्य सुरु गरिने र मकवानपुरतर्फ पाटीचौर आसपासमा सडक चौडा गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

मकवानपुरको महालक्ष्मी खोलादेखि मकैबारी सडक खण्डमा टेवा पर्खाल निर्माण, सडक चौडा लगायतका कार्य हुनेभएको छ ।

प्रदेश सरकारमार्फत स्तरोन्नतिको काम भइरहेको दुवै सडकखण्ड निर्माण कम्पनीसँग १८ महिनामा सम्पन्न गर्नेगरी सम्झौता भएको भए पनि पछिल्लो समय म्याद थप भएको समयमा पनि निर्माणको काम पूरा भएको छैन ।


प्रकाशित मिति : बिहिबार, २०८० मंसिर २१, ११ :३६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट